बजार गएका दाङका २ युवतीमाथि भारतमा सामूहिक बलात्कार

बजार गएका दाङका २ युवतीमाथि भारतमा सामूहिक बलात्कार

दाङ : भारतीय बजारमा सञ्चालन हुने हाट बजार हिडेका दाङका दुई युवतीमाथि सामूहिक बलत्कार भएको छ। नेपाल–भारत सीतावर्ती क्षेत्रमा दाङका राजपुरका दुई युवतीमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।

आइतबार बिहान भारतको मनीपुर हाटबजार गएका राजपुर गाउँपालिकाका दुई युवती भारतीय युवकहरूबाट बलात्कृत भएको प्रहरीको भनाई छ। नियमित जसो हाट बजार जाने र सामान लिएर आउने गरेका ती युवतीहरुमा भारतीय चार जना युवाले सामूहिक बलात्कार गरेको खुलेको छ। १७ देखि २२ वर्ष उमेर समूहका ६ जना युवतीहरु मनिपुर बजार गएको र त्यसमा दुई जना सामूहिक बलात्कारमा परेको दाङ प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए।

युवतीहरू नेपालबाट भारतको मनिपुर बजारमा जाने क्रममा सीमावर्ती क्षेत्रको दक्षिणतर्फको जंगलमा भारतीय युवाको समूहले बलात्कार गरेको प्रवत्ता रिजालले जानकारी दिए। ‘६ जना युवती भारतीय बजार जाँदै थिए।’ उनले भने, ‘तीमध्ये दुई जना बलात्कृत भएको र अन्य चार जनालाई भारतीय युवकले धनमाल र सरसामान लुटेको देखिन्छ।’

पीडित युवतीहरू प्रहरीको सम्पर्कमा आएपछि घटना बाहिर आएको हो र त्यसको अनुसन्धानको लागि दुबै देशका प्रहरीहरु जुटेका छन्। घटनास्थल भारतीय भूमि भएकाले उक्त घटना भारतीय प्रहरीले हेरिरहेको डिएसपी रिजालले बताए। उनले भारतीय प्रहरीले सामूहिक बलात्कारको आरोपमा ४ जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको बताए।

पीडितले भारतीय प्रहरीमा जोहेरी दिएपछि भारतीय प्रहरीलेले घटनाको अनुसन्धान सुरु गरेको रिजालले बताए। योसंगै भारतीय प्रहरीले अनुसन्धानका लागि चारजना पक्राउ गरेको जानकारी दिएको बताए।

उनले पछिल्लो समय पुन सामूहिक बलात्कारको घटना बढीरहेको देखिएको बताए। अहिले केही त्यस्ता घटना देखिएका छन्। उनले भने, ‘घटना घटन नदिने प्रयास भइरहेको छ। तर पनि सुधार हुन नसकेको पक्का हो। दुई साता अघि मात्रै दाङको तुलसीपुरमा बौद्धिक अपाङता भएको युवतीमा सामूहिक बलत्कार भएको थियो।’ प्रहरी प्रवक्ता रिजालले घटना घटेपछि आरोपीहरु कानुनी दायरमा ल्याइराखिएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.