इटहरी जलमग्न, दुईसय घर डुबानमा

इटहरी जलमग्न, दुईसय घर डुबानमा

धरान : सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। लगातार परेको अविरल वर्षाका कारण पानीको निकास हुन नपाए पश्चात इटहरीको मूख्य बजार क्षेत्र र विभिन्न बस्ती डुबानमा परेका हुन्।

सोमबार रातिदेखि परेको वर्षातका कारण ट्याङ्ग्रा खोला र खेति खोलामा आएको बाढी बस्ती पसेको छ। बाढी बस्ती पसेपछी स्थानीय बासिन्दाका घर डुबानमा परेका छन्। बाढीका कारण इटहरी–विराटनगर सडक खण्ड पूरै डुबानमा पर्दा यातायातका साधन संचालनमा गम्भिर समस्या भएको छ। इटहरीको साथी पेट्रोल पप्प छेउबाट ट्याङ्ग्रा खोलाको बाढी बस्ती पसेको छ। बाढीका कारण बाहिर निस्कनसमेत नसकिएको इटहरीका स्थानीय राजकुमार आचार्यले बताए। उनले तत्काल बाढी नियन्त्रण गर्न माग गरेका छन्। बाढीका कारण इटहरी-१२ स्थित खनार क्षेत्रमासमेत बाढीले क्षति पुर्याएको छ।

इटहरीको ४, ५, ९, १० र १२ वडामा बाढीले धरै क्षति पुर्याएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खड्काले जानकारी दिएका छन्। उनले इटहरी नगरपालिकामा मात्र २ सय घर डुबानमा परेको बताए। उनले घर डुबानमा परेपनि अन्य जनधनको क्षति भने नभएको बताएका छन्। इटहरीका मेयर हेमकर्ण पौडेलले बाढी पीडित सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्न पहल भैरहेको बताए।

ट्याङ्ग्रा खोला बस्ती पसेपछी जिल्ला प्रशासन कार्यालय सुनसरीले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी खोला नियन्त्रणको काम थालेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनले वर्षात नरोकिएकाले स्थानीय बासिन्दालार्य घरमै सुरक्षीत रहन आग्रह गरेका छन्। बाढीले जनधनको क्षति गर्ने भएकाले सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी उद्धारका लागि तयारी अवस्थामा राखिएको बताए।

पछिल्लो समय अव्यवस्थित बसोबास र पानीको निकास बिना जग्गा प्लटिङ गरी निर्माण गरिएका घरहरु डुबानमा पर्ने गरेका छन्। खेति खोला र ट्याङ्ग्रा खोलासमेत अतिक्रमणमा परेपछि वर्षातको समयमा खोलाको बाढी बस्ती प्रवेश गरी इटहरी जलमग्न हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.