हैजा : घरमा उपचार गर्ने ५ उपाय
काठमाडौं : उपत्यकामा अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको छ। चिकित्सकहरुले हैजाबाट बच्न सतर्कता अपनाउनुपर्ने बताएका छन्। उनीहरुले स्वच्छ पिउने पानी, स्वस्थ खाना खान आम नागरिकलाई आग्रह गरेका छन्।
गर्मी तथा वर्षायाम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउन असाध्यै जरुरी छ। कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका सबै मापदण्डको पालना गर्न जरुरी छ।
पखालाको जोखिममा को बढी पर्छन्?
–स्तनपान नगराई बोतलको दूध खुवाइएका बच्चाहरु
–कुपोषित बालबालिका
–दुषित खाना र पानी खाएमा
–व्यक्तिगत सरसफाईमा ध्यान नदिएमा
–खोप नपाएका बच्चाहरु
लक्षणहरू
–पेट दुख्ने
–बान्ता हुने
–असाध्यै तिर्खा लाग्ने
–पातलो दिसा हुने
–घरैमा उपचार गर्ने
घरमा उपचार गर्ने ५ उपाय
–झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउनुपर्छ
–प्रशस्त मात्रामा सफा तथा झोल कुराहरु पटक-पटक खान दिने
–नरम तथा सजिलै पच्ने खानेकरा थोरै-थोरै गरी पटक-पटक खुवाइरहने गर्नुपर्छ
–स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिङक चक्कीको मात्रा नविराइकन खुवाउनुपर्छ
–व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानुपर्छ
कुनैपनि लक्षण देखिएमा तुरून्तै स्वास्थ्य संस्थामा लैजानुपर्छ। खान, पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्यादै तिर्खाएमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा गरेमा स्वास्थ्य संस्थामा लैजानुपर्छ।
पखाला लाग्नबाट बच्ने उपाय
–चर्पीमा मात्र दिसा पिसाव गर्ने
–दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुने
– खाना बनाउनु, खुवाउनु र खानु अघि साबुनपानीले मिचिमिची हात धुने पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने
–बासी, सडेगलेको, किरा भन्केको खानेकुरा नखाने
–खानेपानीको मुहान सफा र सुरक्षित राख्ने