एमालेको जिल्ला अध्यक्ष थापा निस्कासित, तर 'सुध्रिने' मौका दिइने

एमालेको जिल्ला अध्यक्ष थापा निस्कासित, तर 'सुध्रिने' मौका दिइने

धनगढी : पार्टीको विधान विपरित काम गरेको भन्दै नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापालाई कारबाही गरिएको छ। उनलाई पार्टीको साधारण सदस्य रहने तर पार्टीको अध्यक्ष पदबाट भने निस्कासन गरिएको हो।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले उनलाई निर्वाचनका बेला आफ्नै उम्मेदवारलाई हराउन लागेको, जिल्ला अध्यक्षमा जितिसकेपछि दैनिकरुपमा पार्टी कार्यालय सञ्चालन नगरेको, पार्टी कार्यालयलाई विरोधीको अखडा बनाएको आरोप लगाउँदै २३ बुँदे स्पष्टीकरण सोधेको थियो।

उनलाई, पार्टी नेतृत्व र आफ्नो कमिटीसँग समन्वय नगरेको, पार्टी अध्यक्ष केपी ओलीलाई ‘अपतो’जस्तो तुच्छ शब्द प्रगोग गरेको, जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक नगरेको, स्थानीय निर्वाचनमा चुनावी योजना र चुनावी अभियान सञ्चालन नगरेको जस्तै २३ वटा आरोप  लगाएको थियो। 

पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले असार १३ गते जारी गरेको विज्ञप्तिमा उनलाई गम्भीर प्रकृतिको अनुशासन उलंघन गरको भन्दै पार्टी विधानको धारा १, २, ३, ४, ५, ६, १२, र १३ बमोजिम कारबाही गरिएको उल्लेख छ। प्रदेश कमिटीले उपाध्यक्ष दुर्गाप्रसाद जोशीलाई कार्यबाहक जिल्ला अध्यक्ष तोकेको छ।

त्यस्तै प्रदेश कमिटीले साउनको १५ गतेभित्र जिल्ला प्रतिनिधि परिषद्को बैठक बोलाएर नयाँ अध्यक्ष निर्वाचन गराउन पनि जिल्ला कमिटीलाई निर्देशन दिएको छ। 

अध्यक्ष भण्डारी सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत हुन्। उनलाई साधारण सदस्यबाट नहटाइएकाले उनको प्रदेश सदस्य पद भने यथावत रहने छ। थापालाई कारबाही भएपछि नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्टले उनलाई साधारण सदस्य रहनेगरी, सुध्रिने मौका दिँदै कारबाही गरिएको बताए। 

‘पार्टीको विधान विपरित काम गरेको पाइयो, तर पनि जिल्ला नेतत्व सम्हाल्ने नेता बनाउन पार्टीको ठूलो लगानी हुन्छ। त्यसैले उनलाई सुध्रिने मौका दिँदै अनुशासनको कारबाही गरिएको हो,’ सचिव भट्टले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.