नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध

नवलपुर : अविरल वर्षाका कारण नारायणगढ-बुटवल सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ। पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको सिमाक्षेत्रमा पर्ने सडक खण्डमा  तीन वटा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ। खहरेखोलामा आएको बाढीले डाईभर्सन बगाएको हो।

सडक अवरुद्धका कारण पश्चिमतर्फ जाने र आउने सवारीसाधनहरु ठप्प भएका छन्। भने यात्रुहरू अलपत्र परेका छन्। पानी परिरहेकाले सडक खुलाउने काम गर्न सकिएकोछैन। पानी बन्द नभएसम्म सडक सञ्चालनमा ल्याउन नसकिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जयराम पन्तले बताए। राजजमार्ग विस्तारको क्रममा अहिले जिल्लाको ८० स्थान मा डाइभर्सन निर्माण भईरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.