विदुरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत

विदुरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत

नुवाकोट : विदुर नगरपालिकाको स्थगीत नगर सभा मंगलबार सम्पन्न गरेको छ। असार १० गते शुक्रबार तय भएको नगरसभा सहमति नभएका कारण नीति तथा कार्यक्रम प्रस्तुत नभई स्थगीत भएको थियो।

बहुमत नगरसभा सदस्यहरुको सहभागीतामा वार्षिक निती तथा कार्यक्रम र बजेट प्रस्तुत भएको हो। मेयर राजन श्रेष्ठले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र उपमेयर प्रभा बोगटीले बजेट प्रस्तुत गरेकी हुन्।

वार्षिक नीति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गरिएपनि आवश्यक छलफल र परामर्शपछि मात्र पारित गरिने नगरपालिकाले जनाएको छ। विविध विषयमाथि दफावार छलफलका लागि समय आवश्यक रहेको र अर्को नगरसभा असार १७ गते शुक्रबार दिउँसो १ बजे जिल्ला समन्वय समितिको सभाहलमा बस्नेगरी नगरसभा स्थगीत भएको मेयर राजन श्रेष्ठले बताए।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर श्रेष्ठले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा पहिलेको सभाले अगाडि सारेका बहुवर्षिय योजना र चालु वर्षका योजनाहलाई प्राथमिकता दिएको बताए। उनले नगरपालिकाबाट उपलब्ध हुने सेवा सुविधालाई स्रोत र साधनले भ्याएसम्म जनताको पक्षमा चुस्त दुरुस्त राख्ने बताए।

यस्तै विदुर नग सभामा उपमेयर बोगटीले आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गरिन्। बोगटीले प्रस्तुत गरेको वार्षिक बजेट १ अर्ब १३ करोड ९३ लाख ५९ हजार रुपैयाँ रहेको छ।

उनले आन्तरिक आयबाट १५ करोड ६० लाख ५० हजार रुपैयाँ र संघीय सरकारको वित्तिय हस्तान्तरणवाट ८२ करोड सात लाख ८४ हजार र बाग्मती प्रदेश सरकारको वित्तिय हस्तान्तरणबाट १६ करोड २५ लाख २५ हजार रुपैयाँ आय हुने अनुमान रहेको  बजेट प्रस्तुत गरिन्।

उपमेयर बोगटीले स्वदेशी वस्तुहरुको उत्पादन प्रयोग गर्ने कार्यक्रम बनाई विदुरको ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’को अभियानलाई बजारीकरण हुने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.