माथिल्लो सान्जेन जलविद्युत आयोजना अन्तिम चरणमा

माथिल्लो सान्जेन जलविद्युत आयोजना अन्तिम चरणमा

रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ९९ प्रतिशत भौतिक प्रगति भएको छ। सिभिलतर्फको काम अन्तिम चरणमा पुगेसँगै आयोजनाले हाइड्रोमेकानिल र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई गति दिएको छ।

आयोजनाले आउँदो दशैं अगाडि नै उत्पादन सुरु गर्ने गरी काम गरिरहेको छ। अहिलेको गतिमा काम भएको खण्डमा तोकिएको समयमा नै उत्पादन सुरु हुने आयोजना प्रमुख सुदनसिंह महतले जानकारी दिए। उनका अनुसार अहिले इलेक्टोमेकानिकलतर्फ उपकरण जडानको काम भइरहेको छ। यसको पनि ७५ प्रतिशत काम सकिएको छ। ‘उपकरण जडानको काममा सोचेजति जनशक्ति नभएको कारण समस्या आएको भएपनि कामले गति लिएको छ’, उनले भने, अहिले उपकरण जडानको काममा १५ जना चिनियाँ कामदारले काम गरिरहेका छन्।’

उपकरण जडानको काम चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसनले गरिरहेको छ। आयोजनाका अनुसार एक महिनाभित्र टनेल टेष्टिङको काम सुरु हुनेछ।

१४.८ मेगावट क्षमताको आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फ ७५ र हाइड्रोमेकानिकलतर्फ ९५ प्रतिशत काम सम्पन्न भएको छ। आयोजनाको २०६८ असोज २३ गते आयोजनाको पिपिए भएको थियो। आयोजनाको २०७२ साउन १५ गते निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा तीन पटकसम्म म्याद थप गरिएको छ।

आयोजनाको भूमिगत सुरुङ एक हजार तीन सय मिटर रहेको छ। सिभिल ठेकेदार इसिआई बज्रगुरुले आयोजना निर्माण गरिरहेको छ। सिभिल कार्यमा इसिआई बज्रगुरु जेभि, इलेक्ट्रोमेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ इलेक्ट्रिक इन्टरनेशन कर्पोरेसन, हाइड्रोमेकानिकलमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड र प्रसारण लाइन निर्माणमा मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको आयोजनाले जनाएको छ।

आयोजनाले पावर हाउसदेखि चिलिमे हबसम्म ७ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ। मुडभरी एण्ड जोशी कन्स्ट्रक्सन प्रालिले १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिरहेको आयोजनाले जनाएको छ।

२०७२ सालमा गएको भूकम्प र विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण आयोजना निर्माणमा ढिलाइ हुन पुगेको हो। कोरोनाको कारण कामदार तथा उपकरण नआएपछि करिब २ वर्ष काम इलेक्ट्रोमेकानिकलको काम अवरुद्ध भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.