काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि
काठमाडौं : काठमाडौं उपत्यकामा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले उपत्यकामा असार २ देखि असार १५ गतेसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको जानकारी दिइन्।
मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधिबाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएकी हुन्।
प्रवक्ता डा. मिश्राका अनुसार ललितपुरमा संकलन गरिएको १८ नमुनामध्ये १२ वटामा हैजा फैलाउने जिवाणु भेटिएको हो ।
हैजाबाट बच्न पानी उमालेर खान, ताजा खानेकुरा खान र सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।