नलगाडमा गर्भवती महिलाको घरमा झण्डा, सुत्केरीको हातहातमा अण्डा

नलगाडमा गर्भवती महिलाको घरमा झण्डा, सुत्केरीको हातहातमा अण्डा

जाजरकोट : जाजरकोटको नगलगाड नगरपालिकाले हरेक गर्भवती महिलाको घरमा झण्डा, सुत्केरीको हातहातमा अण्डा कार्यक्रम संचालन गर्ने भएको छ। गर्भवती हुने बित्तिकै त्यस घरमा महिला स्वास्थ्य स्वयमंसेविकाहरुले हरियो झण्डा गाड्ने र सुत्केरी भएपछि चार क्यारेट अण्डा, दुईवटा कुखुरा र अढाइ लिटर तोरीको खानेतेल दिने ब्यवस्था मिलाईएको छ। पहिचान गर्न सजिलो होस भनेर गर्भवति महिलाको घरमा हरियो झण्डा राख्ने गरिएको हो।

बहुक्षेत्रिय पोषण कार्यक्रमको सहयोगमा महिला र शिशुको पोषणमा सुधार ल्याउन सुत्केरी महिलाहरुसँग नगर उपप्रमुख कार्यक्रम संचालन गरिने भएको हो। स्वास्थ्य प्रोटोकल अनुसार चार पटक गर्भ जाँचलाई बढावा दिन ग्रामिण अल्ट्रा साउन्ड कार्यक्रम सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। नगरप्रमुख डम्बर रावतले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्ण संस्थागत गर्भवती नगरपालिका घोषणा गर्ने कार्यक्रम अघि सारिएको छ। स्वास्थ्य संस्थामा गर्भवती भए मातृमृत्यु दर र शिशुमृत्यु दरमा कमी आउने नगरपालिकाको विश्वास छ।

पोषणयुक्त खानेकुरा सुत्केरीलाई दिँदा कुपोषण पनि घटने र स्वास्थ्य संस्थामा सुत्केरी भए मात्र उक्त सुविधा दिँदा संस्थागत सुत्केरी हुनेको संख्या पनि बढ्दै गएको प्रमुख प्रशासकिय अधिकृत मानबहादुर गिरीले बताए। यो कार्यक्रम गत दुईवर्ष देखि संचालनमा छ। करिब एक हजारको संख्यामा नलगाडमा सुत्केरी हुने गरेका छन्। स्वास्थ्य संस्थामार्फत प्रदान गरिने सुत्केरी पोषण कार्यक्रम चालुवर्षमा रकम निकासा नहुँदा धेरै सुत्केरी महिला उक्त कार्यक्रमको सेवा पाउन सकेका छैनन्।

गर्भवती तथा सुत्केरी महिलाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा संचालन गरिने नगर उपप्रमुख सरिता सिंहले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.