पोखरामा अवैध गतिविधिको आशंकामा तीन चिनियाँ पक्राउ
पोखरा : पोखराको ड्यामसाइडमा चिनियाँ नागरिकहरुले चलाइरहेको कम्पनीमा अवैध गतिविधिको आशंकामा प्रहरीले छापा मारेको छ।
अवैध गतिविधि गरेको आशंकामा प्रहरीले बिहीबार दिउँसो छापा मारी ३ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले ३ चिनियाँ नागरिकलाई सोधपुछ तथा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ परेका चिनियाँ नागरिकहरु नेपाल बस्दा कुन प्रयोग गरेको भिसा सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।