रसुवाको सबै सडक सञ्चालनको जिम्मा जलविद्युत् आयोजनालाई

रसुवाको सबै सडक सञ्चालनको जिम्मा जलविद्युत् आयोजनालाई

रसुवा : बर्खा सुरु भएसँगै जिल्लामा सडक अवरुद्ध हुने क्रम सुरु भइसकेको छ। यसपटक पनि बर्खा अवधिभर पहिरोले सडक अवरुद्ध गरेको खण्डमा जलविद्युत् आयोजनाहरूले नै सञ्चालनमा ल्याउनुपर्ने छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाको ८ वटा मुख्य तथा सहायक सडकमध्ये ६ वटाको जिम्मा आयोजना र २ वटाको गाउँपालिकालाई दिएको छ।  

आयोजना सञ्चालन नभएका क्षेत्रमा मात्र गाउँपालिकालाई जिम्मेवारी दिइएको हो। निर्णयअनुसार बेत्रावती भोर्ले पारच्याङ यार्सा सडक खण्ड पूर्वाधार विकास कार्यलयसँगको समन्वयमा नौकुण्ड गाउँपालिकाले र बेत्रावती कालिकास्थान राम्चे ठाडे धुन्चे खण्ड कालिका गाउँपालिकाले सञ्चालनमा ल्याउनुपर्ने छ।

माथिल्लो मैलुङ र माथिल्लो त्रिशुली-१ ले बेत्रावती मैलुङ बाह्र घुम्ती सडक, लाङटाङ खोलाले धुन्चे स्याफ्रु सडक, सान्जेनले स्याफ्रुबेसीदेखि कुलुङपुलसम्म, रसुवागढीले कुलुङपुलदेखि रसुवागढीसम्म, लाङटाङ भोटेकोशीले स्याफ्रु थाम्बुचेत गत्लाङ सडक र सान्जेन खोलाले रोंगा पाजुङ तातोपानी सडक सञ्चालन गर्नपर्ने छ। यी सडकखण्डहरूमा वर्षाको समयमा पहिरो जाने गरेको छ। यसअघिका वर्षहरूमा पनि आयोजनाहरूले नै सडक खुलाउने गरेका थिए।

यसअघिका वर्षहरूमा झैँ यस वर्ष पनि समितिले आयोजनाहरूलाई नै सडक सञ्चालनको जिम्मेवारी प्रदान गरेको हो। सडक सञ्चालनको मुख्य जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय नुवाकोटमा भएकाले आयोजनाहरूलाई नै यसको जिम्मेवारी सुम्पिएको हो।

यसअघिका वर्षमा पनि सडक डिभिजन तथा सरकारी निकायको कम उपस्थिति रहने गरेको थियो। जिल्लामा हालः १० वटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.