प्रिय दुश्मन !
![प्रिय दुश्मन !](https://annapurnapost.prixacdn.net/media/albums/shahar_20220702105333_B9wd4N8JE7.jpg)
दन्किरहेको आगो छ– मभित्र
भर्भराइरहेको जवानी छ– मभित्र
अराजक स्वरूपमा फैलिन सक्छ
अराजक स्वरूपमा उर्लिन सक्छ
अराजक स्वरूपमा बिस्फोटन हुन सक्छ
अराजक स्वरूपमा देखिन सक्छ
अराजक अक्षरमा लेखिन सक्छ !
प्रिय दुश्मन !
तिमी आफैंले भनिरहेका छौ–
‘दन्किरहेको आगो,
उम्लिरहेको पानी
र, चढिरहेको जवानी
सबैभन्दा बढी खतरनाक हुन्छन् !’
स्याङ्जा
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)