करारका कर्मचारी हटाउने डिलाशैनी गाउँपालिकाको निर्णय

करारका कर्मचारी हटाउने डिलाशैनी गाउँपालिकाको निर्णय

बैतडी :  बैतडीको डिलाशैनी गाउँपालिकाले करारका कर्मचारीहरुलाई हटाउने भएको छ । 

यहि साउन १ गते पछि करारका कर्मचारीहरुको करार अवधी नथप्ने निर्णय भएको हो । 

यही असार १७ गते बसेको कार्यपालिका बैठकबाट करारका कर्मचारीहरुलाई साउन १ गतेबाट करार अवधी नथप्ने निर्णय भएको गाउँपालिकाका  प्रवक्ता यज्ञ भट्टले जानकारी दिए । 

‘पारिश्रमिक खुवाउनै धौ-धौ भयो ,' उनले भने, ‘फागुनसम्मको पनि जेनतेन जनप्रतिनिधिको सेवासुविधा र लक्षित वर्गको बजेटबाट तलब खुवायौँ ।'

तलब खुवाउन नसकिने अवस्था भएकाले आवश्यकता बिनाका कर्मचारी हटाउने निर्णय भएको निमित्त प्रमुख प्रसासकीय अधिकृत गणेश सिंह बोहराले बताए । 

विकासे बजेटबाट समेत तलब खुवानुपर्ने भएकाले करारका कर्मचारीहर हटाउनु परेको उनको भनाइ छ। 

'अनुगमन गर्छौं, त्यसपछि आवश्यकता बिनाका कर्मचारीको करार अवधी थपिदैन,' उनले भने । 

शिक्षक तथा विद्यालय कर्मचारी र गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी र प्राविधक कर्मचारी हट्ने गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.