केएमसीमा कर्मचारीको शंकास्पद मृत्यु

केएमसीमा कर्मचारीको शंकास्पद मृत्यु

काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुल प्रांगण आइतबार दिनभर तनावपूर्ण रह्यो। शनिबार साझ ७ बजेतिर स्कुलकै होस्टलमा काम गर्ने रमा रायमाझी झुण्डिएको अवस्थामा मृत भेटिइन। रायमाझी काभ्रे तेमाल गाउँपालिका ८ घर भई हाल केएमसी स्कुलमा क्यान्टिनमा कार्यरत थिइन। 

स्कुलभित्रै कर्मचारीको मृत्यु भएपछि आफन्तले दिनभर स्कुल परिसर घेराउ गरे। आक्रोसित समूहले स्कुल तोडफोड गरेको छ। ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ। स्थिति नियन्त्रण गर्न जिल्ला प्रहरी परिसर काठमाडांैको अगुवाइमा प्रहरी परिचालन भयो। 

परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार मृतक रायमाझीको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले प्रदर्शन गरेका हुन। घटनास्थलमा प्रहरीलाई समेत प्रवेश गर्न दिएनन। मैनालीले भने, ‘घटनाको अनुसन्धान गर्न र पीडितले न्याय पाउन अनुसन्धान हुनुपर्‍यो। अनुसन्धानै गर्न नदिएपछि कसरी न्याय पाइन्छ ?’ स्कुलमा घटना भएदेखि नै प्रहरी तैनाथ छ। 

शनिबार राति नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुलमा पुगेको थियो। तर, आफन्तले शव निकाल्न दिएनन। मृतकका आफन्तहरूले आइतबार पनि लामो समयसम्म शव उठाउन दिएनन। 

मृतकका मामा समीर केसीले रमाको आत्महत्या नभई हत्या भएको बताए। ‘होस्टलको बेडमा खुट्टा टेकेको छ। खुट्टा खुम्चिएको छ। खुट्टा टेकेर पनि कोही मर्छ ? शरीरको पछाडिको भागको लुगा सरेको छ। स्कुल प्रशासनले मृतकका आफन्तलाई खबर गर्नुपर्नेमा प्रहरीलाई मात्रै खबर गरेको थियो,’ उनले भने, ‘धेरै प्रहरी बोलाएर आफन्तलाई धम्काउन खोज्ने, मेरो भान्जी मार्ने अपराधीलाई स्कुलले नै ढाकछोप गर्ने ?’

उचित क्षतिपर्ति र घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने केसीको माग छ। ‘प्रहरीको अनुसन्धानमै शंका छ हामीलाई,’ उनले भने। मृतकका आफन्त र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रहरी प्रतिनिधिबीच आइतबार छलफल चलेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.