धनगढीको नगरसभा बैठकमा एमाले सदस्यले कुर्सी बजारेपछि... (भिडियो)

धनगढीको नगरसभा बैठकमा एमाले सदस्यले कुर्सी बजारेपछि... (भिडियो)

धनगढी : धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा विवाद भएको छ। उप-मेयर कन्दकला रानाले नगरको बजेटमा आफूसँग कुनै सल्लाह नै नगरेको भन्दै नगरसभा चल्न नदिने भनेपछि विवाद भएको हो। 

नगरसभामा उप-मेयर रानाले, मेयर हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले बजेटबारेमा आफूसँग कुनै सरसल्लाह नगरेको आरोप लगाइन्। असारको १० गते नगरसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइसकेको थियो।

उपमेयर रानाले विरोध गरिरहेका बेला, कांग्रेस निकटका कार्यपालिका सदस्यहरुले सभा अगाडि बढनुपर्ने भन्दै बोल्न थालेपछि नेकपा एमाले निकटका एक जना कार्यपालिका सदस्यले भुइँमा कुर्सी बजारेका थिए। त्यसपछि केहीबेर सभाहलमा होहल्ला भएको थियो भने केहीबेर सभा अवरुद्ध भएको थियो।

कार्यपालिकाको बैठकमा कांग्रेस र एमालेका कार्यपालिका सदस्यहरुको विभाजन प्रस्ट देखिएको थियो। कार्यपालिकमा कांग्रेस निकट सदस्यको बहुमत छ। उप-मेयरले सभा चल्न नदिने भनेपछि बहुमत सदस्यहरुले सभाको काम कारबाही अगाडि बढाउनुपर्छ भनेपछि अहिले सभा फेरि सुचारु भएको छ।

सभामा केहीबेर उपमेयरले गुनासो राख्ने र मेयरले जवाफ दिन क्रम चेलेपछि कार्यपालिका सदस्यहरुले यस्ता कुरा ब्यक्तिगत बसेर सल्टाउन भन्दै कार्यपालिका बैठक अघि बढाउन माग गरेका थिए।

मेयर हमालले, बजेटमा आफ्नो कुनै स्वार्थ नरहेको बताए। उनले बजेट प्रस्तुत उपमेयरले नै गरेको, बजेटका हरेक बैठकमा उनको सहभागिता रहेको बताएका थिए। मेयर हमाल स्वतन्त्रबाट जितेका हुन्।

धनगढी उपमहानगरपालिकाले १ अर्ब ८३ करोड रुपैयाँको बजेट असार १० गते नै प्रस्तुत गरिसकेको थियो। १० करोडका नगर योजना राख्न बजेट विनियोजन गरिनुपर्ने विषयगत समितिहरुको निर्णय पछि सोमबार त्यसैबारेका कार्यपालिकाको तेस्रो बैठकको आयोजना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.