आलुको बोराबाट झण्डै ८४ लाख रुपैयाँ बरामद

आलुको बोराबाट झण्डै ८४ लाख रुपैयाँ बरामद

जनकपुरधाम : धनुषाबाट झण्डै एक करोड नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। श्रोत नखुलेको ८३ लाख भन्दा बढी रकमसहित दुई जना युवकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

मंगलबार दिउँसो जनकनन्दनी गाउँपालिका १ इनर्वा चेक प्वाइन्टको सीमा इलाकामा आलुको बोरामा ल्याउँदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको हो। धनुषाको जनकनन्दनी गाउँपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई श्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणले जनाएको छ।

सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा पोको बनाएर राखेर आइरहेका बोरालाई शंकाको आधारमा चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको हो।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि दुबै जनालाई नगद र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.