विनोद शाही मृत्यु प्रकरण : मेयर चलाउनेमाथि मुद्दा नचलाउने निर्णय
अछाम : पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या आरोपमा मुछिएकी मेयर अम्बिका चलाउने माथि मुद्दा नचल्ने भएको छ।
पन्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेसहित तीन जनामाथि मुद्दा नचल्ने भएको हो।
विनोद शाहीको हत्या आरोपमा कांग्रेसबाट निर्वाचित मेयर चलाउने सहित १२ जनाको नाममा किटानी जाहेरी दर्ता भएको थियो।
प्रहरीले गरेको अनुसन्धानमा मेयर अम्बिका, नेत्रबहादुर शाही र रामबहादुर शाही हत्यामा संलग्न भएको कुनै पनि प्रमाण नभएको पाइएपछि मुद्दा नचल्ने निर्णय भएको सरकारी वकिल कौशल ढुंगानाले जानकारी दिए।
घटनामा तीनै जनाको संलग्नता भएको कुनै प्रमाण नभएको प्रतिवेदन फाइल सरकारी वकिल कार्यालयमा बुझाएको थियो।