शिक्षकको ज्योति पुस्तकमा

शिक्षकको ज्योति पुस्तकमा

काठमाडौं : ५२ वर्षे शिक्षण पेशाको अनुभवलाई समेटी लखिएको कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको आत्मावृतान्त ‘एउटा शिक्षक’ विमोचन भएको छ।

कलेज अफ अप्लाइड बिजनेसमा शिक्षक पाण्डेका तत्कालीन विद्यार्थी एवं पूर्वमुख्य सचिव लिलामणि पौडेल र लेखक पाण्डेका दाई मोहनबहादुर पाण्डेले संयुक्तरुपमा ‘एउटा शिक्षक’ को विमोचन गरे। पुस्तकको विमोचनपछि बोल्दै पूर्वमुख्य सचिव पौडेलले पेशागत इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठ शिक्षक रमेश पाण्डेको विद्यार्थी हुन पाएकोमा गर्व महशुस भएको बताए।

शिक्षालाई व्यापार बनाउनु हुन्न भन्ने आफ्नो दृढ संकल्पमा अनवरत लागि परेका शिक्षक पाण्डेले पेशालाई कमाउने भाँडो कहिल्यै नबनाएको पौडेलको भनाइ थियो। ‘रमेश सरको विद्यार्थी हुनेहरु त भाग्यमानी थिए नै सरको कक्षामा बस्न नपाउनेहरुका लागि पुस्तक अवसर र मार्गदर्शक बन्नेछ।’

पुस्तकका लेखक रमेश पाण्डेले जीवनमा असल शिक्षकको अभिभारा पूरा गर्ने प्रयास गरेको बताए। २०३६ सालको राजनीतिक अस्थिरतामा शंकरदेव क्याम्पसको क्याम्पस प्रमुख भएको सम्झना गर्दै पाण्डेले क्याम्पसको पठनपाठनलाई स्तरीय बनाउन गरिएका योजनाहरु कार्यान्वयनमा विद्यार्थीबाट ठूलो साथ पाएको बताए।

‘जीवनमा धेरैलाई कृतज्ञता दिनुपर्ने थियो, घरघर पुगेर दिन सकिएन भन्दै पाण्डेले ‘एउटा शिक्षक’को माध्यामबाट त्यो आकांक्षा पुरा गरेको छु’ उनले भने।

‘एउटा शिक्षक’को लेखन संयोजन र प्रकाशन घोस्ट राइटिङ नेपालले गरेको हो। घोस्ट राइटिङका अध्यक्ष कमल ढकालले रमेश सरको अनुभव र भोगाइलाई पाठकमाझ ल्याइ एउटा शिक्षकको उदाहरणीय व्यक्तित्व झल्काउन पाएकोमा खुसी लागेको बताए।

नेपालको शिक्षा क्षेत्रको सुधारका लागि अनवरत लागेका पाण्डे समाजका लागि प्रेरणादायी शिक्षक मानिन्छन्। सफलता असफलतालाई गौण मानी विद्यार्थीलाई दिने ज्ञानमा केन्द्रित रहने पाण्डे अहिले पनि कक्षा कोठामै भेटिन्छन्। विद्यार्थी केन्द्रित शिक्षण सिकाई पद्धतिलाई अबलम्बन गराउन शिक्षक पाण्डेले नेपालका विभिन्न शैक्षिक संस्थामा गरेको योगदानलाई पुस्तकमा समेटिएको छ।

शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुखको भूमिकामा रहँदा शिक्षक पाण्डेले त्रिभुवन विश्वविद्यालयको शैक्षिक कार्यक्रम तथा उत्तरपुस्तिका जाँच्ने गरेका थिए। त्रिभुवन विश्वविद्यालयको सेवाबाट सेवा निवृत भएपछि पनि पाण्डेले शिक्षामा ल्याउन खोजेको रुपान्तरणलाई कलेज अफ अप्लाई बिजनेस क्याबको स्थापना गरी निरन्तर प्रयोगमा ल्याएका छन्।

पाण्डे जीवनको ७८औं वसन्त लागिसक्दासमेत क्याब कलेजको प्रिन्सीपलको भूमिकामा क्रियाशील छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.