चन्द्रागिरिको केबलकारमा अड्किए राष्ट्रिय सभाका अध्यक्ष

काठमाडौं : चन्द्रागिरी केबलकारमा समस्या आएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना केहीबेर अड्किएका छन्।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले केबलकारमा 'टेक्निकल 'गढीबढी आएपछि अध्यक्ष तिमल्सिना केहीबेर अड्किएको अन्नपूर्णलाई जानकारी दिए।
उनले भने,'केही समय टेक्निकल गढबढीले केबलकार रोकिएको हो। अहिले केबरकार पनि सुचारु भएको छ। उहाँ गन्तव्यमा पुगिसक्नु भएको छ।'
बुधबार बिहान तिमल्सिना परिवारका साथ चन्द्रागिरी गएका थिए।
प्रतिक्रिया दिनुहोस !
