हामी यतिबेला भिजन र मिसनमा छौं : अध्यक्ष दाहाल
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो पार्टीले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् ।
बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी सुदृढीकरण र राजनीतिक विकृति अन्त्य गर्न विशेष महाधिवेशन गर्न लागेको बताए।
विकृति र विसंगतिका बारेमा बोल्न सक्ने माओवादी पार्टीमात्र रहेको उनको भनाइ छ।
अध्यक्ष दाहालले राजनीतिक विसंगति रोक्न नयाँ समाजवादी आन्दोनको जरुरी भएको बताए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचन अगाडि ठूला आन्दोलन गर्न नसकिने तर वैचारिक आन्दोलन गर्न सकिने अध्यक्ष दाहालले बताए ।
उनले भने, 'हिजो पनि हामी फरक थियौं र आज पनि फरक छौं । हामी एउटा भिजन र मिसनमा छौं ।'
उनले आजको दुनियाँमा पुँजीवादले विश्वलाई अप्ठयारोमा पारेको बताए ।
अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन गर्न एमालेको सहयोग खाजेको उनले बताए । 'एमसीसी संशोधन गर्न एमालेको सहरा खोज्यौं तर उसले गरेन । केही सीप नलागेपछि पारित गर्न बाध्य भयौं,'उनले भने।