फोहरको मात्रा घटाउन कम्पोष्ट मल

फोहरको मात्रा घटाउन कम्पोष्ट मल

काठमाडौं: घरबाट निस्कने गल्ने फोहरलाई समुदायस्तरमै कम्पोष्ट मल बनाउन सके उपत्यकामा देखिएको फोहरको समस्या आधा समाधान हुने सरोकारवालाले बताएका छन्।

डिभिजन वन कार्यालय काठमाडौंले राजधानीमा आयोजना गरेको कार्यक्रममा गल्ने र नगल्ने फोहरको व्यवस्थापन गर्न सकिने विषयमा छलफल गरिएको थियो।पछिल्लो समय निकै जटिल बन्दै गैरहेको उपत्यकाको फोहर समाधान गर्न फोहर उत्पादन नै घटाउनुपर्नेमा सहभागीको जोड थियो। उपत्यकामा हरेक दिन निस्कने फोहरमध्ये ५४ प्रतिशत फोहर गल्ने अर्थात कम्पोष्ट मल बनाउन सकिने प्रकारको हुने गर्छ। 

कार्यक्रममा डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्रि कार्कीले घरबाट निस्कने फोहरको मात्रा घटाउन सके फोहर समस्या सधैंका लागि अन्त्य हुने बताए। यसका साथै खेती गर्ने किसानले मल नपाउने र अर्गानिक मल बन्न सक्ने घरायसी सामग्री यसै फाल्नुपर्ने बाध्यता रहेको बताउँदै समुदायस्तरमै कम्पोष्ट मल बनाउने कार्य सुरु गरिनुपर्नेमा जोड दिए। 

फोहर व्यवस्थापनमा सरकारको ध्यान जान सके दोहोरो फाइदा उनको भनाइ छ। कार्यक्रममा कम्पोष्ट मल बनाउने संभावना तथा प्राविधिक ज्ञान सीप बारे जानकारी दिइएको थियो। कम्पोष्ट मल बनाउने यन्त्र टम्ब्लर बनाउने तरिकाको बारेमा पनि चर्चा गरिएको थियो। यसका साथै बालाजु औद्योगिक क्षेत्रमा निर्माण गरिएको टम्ब्लरको प्रर्दशन समेत गरिएको थियो। 

कार्यक्रममा वैकल्पिक उर्जा प्रवद्धन केन्द्रकी बरिष्ठ वातावरणीय सुरक्षण विज्ञ डा अनुसुया जोशी, खुस्वु पौडेल र डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत सरस्वती अर्यालले सहजीकरण गरेका थिए। 

कार्यक्रममा ठुला कम्पनी, रेष्टुरेन्ट होटेल तथा धेरै फोहोर निकास गर्ने खाद्य कम्पनीलाई कम्पोष्ट मल बनाउने बारे बाध्यकारी नीति ल्याउनुपर्नेमा जोड दिइएको थियो। हरेक घर तथा परिवारमा यान्त्रिक तथा प्राविधिक तालिम दिएर घरायसी फोहरलाई कम्पोष्ट मल बनाइ तरकारी बारीमा प्रयोग गर्न र गराउनको लागी सवैले पहल गनुपर्ने आवाज उठेको थियो। 

काठमाडौं उपत्यकामा फोहरको समस्या उस्तै छ। नवनिर्वाचित काठमाडौंका मेयर बालेन्द्र शाहको नेतृत्वमा नुवाकोटको सिसडोलबासी र धादिङको धुनिवेशीस्थित बन्चरेडाडा आसपासका बासिन्दासँग सहमती भएपछि उपत्यकामा फोहरको समस्या समाधान हुन्छ भन्नेमा उपत्यकाबासीको आसावादी छन्। तर अहिलेपनि उपत्यकाका चोकचोकमा फोहर थुप्रिन छाडेका छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.