रसुवाको जीवजीवे ग्रामीण अस्पतालमा अक्सिजन प्लान्ट जडान

रसुवाको जीवजीवे ग्रामीण अस्पतालमा अक्सिजन प्लान्ट जडान

रसुवा: रसुवाको जीवजीवे ग्रामीण अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ। जिल्लाको कालिका गाउँपालिका-५, स्थित जीवजीवेमा रहेको अस्पतालमा शनिबार एक कार्यक्रमकाबीच अक्सिजन प्लान्टको जडान गरिएको हो। बागमती प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रले यसको जडान गरेको अस्पतालले जनाएको छ।

जिल्लामा नसर्ने रोगमध्यको एक श्वासप्रश्वासका बिरामी बढ्दै गएकाले यसको स्थापना गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक उत्सव पौडेलले बताए। 'जिल्लामा अहिले श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्,' उनले भने, 'यस समस्यालाई मध्यनजर गरेर हामीले प्लान्ट सञ्चालनमा ल्याएका हौं।' जिल्लामा अक्सिजन भर्ने ठाउँ नभएका कारणसमेत यसको ठूलो आवश्यकता रहेको उनको भनाइ छ। 

यस क्षेत्रमा पछिल्लो समय श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ। नियमित अक्सिजन लगाउन पर्ने बिरामीका लागि यसले सहयोग पुर्‍याउने उनले बताए। यसअघि कोरोनाको समयमा अक्सिजन प्लान्ट अभावमा समस्या सिर्जना भएको थियो। 

अक्सिजन प्लान्ट पनि एक प्रकारको कन्सन्ट्रेटर जस्तै हो। यसले वातावरणमा भएको हावाबाट नै अक्सिजन निकाल्ने गर्छ। यसबाट तरल र ग्यास अवस्थाको दुवै अक्सिजन निकाल्न सकिने उनले बताए। 

वातावरणमा लिएको हावाबाट नाइट्रोजनलाई छुट्टाउने,त्यसपछि अनि अन्य ग्यासहरुलाई हटाएर शुद्ध अक्सिजनलाई कम्प्रेस गरेर अक्सिजन उत्पादन गरिन्छ। कम्प्रेस गरिएको अक्सिजनलाई सिलिन्डरमा भरिन्छ। यसको शुद्धता ९९ प्रतिशत हुन्छ। 

यसैगरी अस्पतालमा थाइराइड परीक्षण मेसिन तथा एम्बुलेन्सकोसमेत सुरुवात गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.