नवलपरासीमा ट्रकसहित १२ लाखको चिनी बरामद

नवलपरासीमा ट्रकसहित १२ लाखको चिनी बरामद

परासीः भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ। पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएको समाचार अन्नपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित भएपछि प्रहरीले सक्रियता बढाएको हो। 

प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका हुन्। आइतबार बिहान मात्र ट्रकमा लोड गरी लैजादै गरेको तस्करीको चिनीलाई प्रहरीले बर्दघाटको टिसिएन चोकबाट बरामद गरेको हो। 

ना ६ ख २३८८ नंम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४ सय १८ बोराको चिनीको तौल २० हजार ८ सय ९४ केजी छ। जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डिएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए। 

नाकाहरुबाट दैनिक १० देखि १२ ट्रक चिनी तस्करी हुने गरेको आलोचनापश्चात लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) नलप्रसाद उपाध्यायले जिल्लासहित मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएपछि नवलरासी प्रहरीले सक्रियता बढाएको बताइएको छ। 

चिनीसहित कपडा, खसी बोकालगायतको तस्करी बढेपछि प्रदेश प्रहरीले पनि छुट्टै निगरानी बढाएको प्रदेश प्रहरी स्रोतले बताएको छ। 

त्यसैगरी आइतबार नै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २०१५ नम्बरको यात्रुबहाक बसबाट भन्सार छलेर ल्याएको एक लाख ५७ हजार बराबरको लेडिज सुट, जेन्स टिर्सट, टप्सलगायतका कपडा बरामद भएको डिएसपी शाहीले जानकारी दिए। 

बरामद भएको ट्रकसहितमा मालवस्तु आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। 

यसैबीच सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त गस्ती टोलीले शनिबार नवलपरासीको प्रतापपुर गाउँपालिका धर्मौली नाकाबाट सात लाख बराबरको १ सय १८ क्विन्टल चिनी बरामद गरेको छ। 

विशेष गरी रातको समयमा गस्ती बढाएर निगरानी गरिरहेका बेला प्रहरीलाई छक्काएर बिहान र दिउँसोको समयलाई प्रयोग गर्न थालेपछि अहिले विशेष टोली खटाएर नियन्त्रणकालागि लागि परेको जिल्ला प्रहरी उपरीक्षक ऋषिराम कडेलले बताए।

चोरी तस्करी बढेको गुनासो पछि शसस्त्र प्रहरी बल नेपाल २६ नं. गण बेलासपुरले समेत सीमा क्षेत्रमा पैदल र सवारी गस्तीलाई बढाएर निगरानी बढाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.