भारतमा एकैदिन १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण,४२ को मृत्यु

भारतमा एकैदिन १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण,४२ को मृत्यु

नयाँ दिल्ली : भारतमा पछिल्लो  २४ घण्टामा भारतमा १८ हजार २५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

योसहित हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 

सोही अवधिमा कोरोनाबाट ४२ को मृत्यु भएको छ ।

हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको हो ।

पछिल्लो २४ घन्टामा १४ हजार ५५३ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । 

कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत हो।  

२४ घण्टाको सो अवधीमाा चार लाख ३२ हजार ७७७ जनाले कोरोना परिक्षण गराएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दश लाख २१ हजार १६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.