संघीय निजामती सेवा ऐन जारी गर्न माग

संघीय निजामती सेवा ऐन जारी गर्न माग

परासी : सरकारी सेवामा कार्यरत नवलपरासीका निजामति कर्मचारीहरुले संघीय निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्। जिल्लामा रहेका निजामती कर्मचारी आबद्ध विभिन्न संघ संगठनहरुले सोमबार प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै संसदको चालु अधिवेशनबाट ऐन जारी गर्न माग गरेका हुन्।

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्यौल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ।

मुलुक संघीय व्यवस्थामा गएको लामो समयसम्म पनि संघीय शासन प्रणालीको कार्यान्वयनको लागि तीनै तहको कर्मचारी प्रशासन व्यवस्थापन एंव मार्ग दर्शन गर्ने छाता कानुनको रुपमा रहेको संघीय निजामती सेवा ऐन जारी नहुनु गम्भीर चिन्ताको विषय भएको ज्ञापन पत्रमा उल्लेख छ।

यसअघि राष्ट्रियस्तरका ट्रेड युनियनबाट दिइएका सुझाव र अन्य सरोकारवालाहरुको सहभागितामा ऐन निर्माणको प्रक्रियामा अघि बढाई चालु संसद अधिवेशनबाट ऐन जारी गर्न उनीहरुले माग गरेका छन्। ऐन जारी नभए कडा संघर्षमा उत्रनेसमेत उनीहरुले ज्ञापन पत्रमार्फत् सरकारलाई चेतावनी दिएका

संघीय निजामती सेवा ऐन जारी गर्न मागगर्दै प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाउँदै नवलपरासीका निजामती कर्मचारी संघ संगठन अध्यक्षहरु । तस्बिर : हरि शर्मा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.