हत्या गरेर फरार अभियुक्त १५ वर्षपछि प्रक्राउ

हत्या गरेर फरार अभियुक्त १५ वर्षपछि प्रक्राउ

काठमाडौं : काठमाडौंको गांगबुमा १५ वर्षअघि एक व्यक्तिलाई कुटपिट गरी हत्या गरेर फरार रहेका कृष्ण मिजार प्रक्राउ परेका छन्। मिजारले २०६४ कात्तिक १९ गते राति ८ बजे मित्रनगरमा रविन्द्र कुमार मल्ललाई निर्घात कुटपिट गरेका थिए। मल्ललाई बासको भाटा, लात्ती र मुक्काले प्रहार गरेका थिए। उपचारको क्रममा अस्पतालमा उनको मृत्यु भएको थियो।

यस घटनाविरुद्ध चलेको कर्तव्य ज्यान मुद्धामा उच्च अदालत पाटनले २०६७ असोज १८ गते अभियुक्त उपर १० वर्ष कैद तोकेको थियो। घटनालगत्तै अभियुक्त फरार रहेका थिए। फरार मिजारलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले कास्कीको पावरहाउसमा फेला पारी पक्राउ गरेको थियो।

केन्द्रीय अनुसन्धान ब्युरोको प्रवक्ता श्यामकुमार महतोका अनुसार मिजारलाई फैसला कार्यान्वयनको लागि मिति कास्की जिल्ला अदालतमा पेस गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.