प्रहरी विधेयक पारित

प्रहरी विधेयक पारित

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले उपत्यकाको सुरक्षा चुनौतीलाई ख्याल गर्दे संघीय राजधानी काठमाडौंका सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिइएको बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन २०७९ माथि सोमबार संसद्मा छलफल चलेको थियो। छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले प्रदेश प्रहरीलाई कमजोर पार्न लागेको होइन भन्दै सरकारको बचाउ गरेका थिए। 

नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी विधेयकसमेत पारित गरिएको छ। यो विधेयकमा संघीय राजधानीको सुरक्षाको जिम्मा नेपाल प्रहरीलाई दिने व्यवस्था गरिएपछि सांसदहरूले प्रदेश प्रहरीलाई कमजोर पार्न लागिएको त होइन भन्दै आशंका व्यक्त गरेका थिए। संसद्मा बोल्दै गृहमन्त्री खाँणले भने, ‘राज्य संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध छ। सुरक्षा निकायले संविधानले मार्गनिर्देश गरेका  र राज्यले तोकेका र कानुनले दिएको कार्यक्षेत्रमा बसेर काम गरेको छ। चुनौतीहरू थपिएका छन्। अपराधको प्रवृत्ति पनि बढेको छ। सामाजिक संजालका कारण नयाँ–नयाँ खालका अपराधिक घटना घटेका छन्। यसको खोजी र अनुसन्धानका लागि प्रहरी एक कदम अगाडि हुनैपर्ने चुनौती छ।’ 

 उनी अगाडी भन्छन्, ‘प्रदेश प्रहरीलाई कमजोर पार्न खोजिएको हैन । नेपालको संघीय राजधानी काठमाडौं उपत्यकामा भएका सुरक्षा चुनौतीलाई सामना गर्नका लागी नेपाल प्रहरीलाई नै जिम्मेवारी दिंदा सहज हुन्छ भन्ने सरकारको बुझाइ हो । आन्तरिक कारणले पनि सुरक्षा संवेदनशीतलामाथी प्रश्न उठ्ने गर्छ । बाह्य कारणले पनि राष्ट्रिय सुरक्षामा चुनौती आउँछ । नेपालभित्र हाम्रा कुनै पनि मित्रराष्टको खिलापमा कुनै पनि अर्को शक्तिले अवान्छित गतिविधि नगरोस् भन्नेमा हामी सचेत छौं।'

 नेपालको भुमिलाई नेपालविरुद्ध र छिमेकी राष्टविरुद्ध प्रयोग हुन नदिने गृहमन्त्रीको जोड थियो । उनी भन्छन्, 'सरकार र मन्त्री जति फेरिए पनि नेपाली जनता र छिमेकीसंग हाम्रो व्यवहार उस्तै हुन्छ । यो हाम्रो परम्परागत सुरक्षाको जवावफदेहिता र जीम्मेवारी हो । ’

उनले जनतालाई छिटो छरितो न्याय प्रदान गर्न र अपराधको अनुसन्धनका लागि यो अधिकार दिने विषयमा गम्भीर ढंगले विचार गर्न आवश्यक रहेको बताएका छन् । 

काठमाडौं उपत्यकामा आन्तरिक र बाह्य सुरक्षा संवेदनशीलता रहेको भन्दै गृहमन्त्री खाँणले संघीय राजधानीको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीलाई दिन खोजिएको बताए । उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंमा प्रदेश प्रहरीका पोस्ट राख्नका लागि आवश्यक परेमा कानुनी व्यवस्था गरिएको उनले बताए । उपत्यकाको सुरक्षामा प्रदेश प्रहरीसँग पनि समन्वय हुने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.