गणपुरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
धनगढी : गणपुरक संख्या नपुगेपछि बजेटमाथि छलफलका लागि बोलाइएको सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित भएको छ।
मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक एक घन्टा ढिलो गरी १२ बजे सुरु भएको थियो। गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जनबहादुर थापाले बैठक स्थगित गरेको घोषणा गरे।
प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा १३ जना मात्रै सांसद उपस्थित थिए।े