थप १७७ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमित ८७३

थप १७७ जनामा कोरोना संक्रमण पुष्टि,सक्रिय संक्रमित ८७३

काठमाडौं : नेपालमा थप १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा देशभरबाट ३१२६ नमूनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार १ जार ८ सय ५ नमूनाको पीसीआर र १ हजार ३२१ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट १४४ र एन्टिजेन विधिबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, आज थप ४१ संक्रमित निको भएका छन्।  योसहित हाल नेपालमा ९ लाख ६७ हजार ७ सय ६५ जना कोरोनामुक्त भएका छन्।

हाल नेपालमा ८ सय ७३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा  ६४ हजार ९०७ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

११ जनाको आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोमन्त्रालयले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.