स्रष्टा सम्मानको विरोधमा प्रदर्शन

स्रष्टा सम्मानको विरोधमा प्रदर्शन

विराटनगर : प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले गरेको स्रष्टा सम्मानको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ। स्रष्टा सम्मान कार्यक्रममा मैथिली भाषी स्रष्टा र सर्जकलाई बेवास्ता गरेको भन्दै मैथली भाषा, कला र साहित्य क्षेत्रमा काम गर्दै आएका दर्जनौं संघसंस्थाले विरोध प्रर्दशन गरका हुन्।   

पर्यटन मन्त्रालयले भाषा, साहित्य, कला  र संस्कृति क्षेत्रमा योगदान पुर्‍याउने डेढ दर्जन स्रष्टालाई सम्मान कार्यक्रम राखेको थियो। विभिन्न भाषाका स्रष्टालाई सम्मान गर्दा मैथली स्रष्टालाई बेवास्ता गरेको भन्दै उनीहरूले मंगलबार बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन्।

कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरूले कार्यक्रमस्थल आरोहण गुरुकुलको गेट बाहिर प्रदर्शन गरेका थिए। मैथली अगुवाहरूको विरोधका कारण निर्धारित समयभन्दा झन्डै तीन घण्टा ढिलो सम्मान कार्यक्रम सुरु भएको थियो। विरोध भएका कारण प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई कार्यक्रममा आएनन्। पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखाका अधिकृत भेषराज न्यौपानेले मैथली स्रष्टाको सम्मानका विषयमा आगामी दिनमा समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएपछि प्रदर्शनमा उत्रिएका मैथली अगुवाहरू पछि हटेका थिए। प्रदेश सरकारले सबैभन्दा बढी जनसंख्या भएको मैथली स्रष्टालाई बेवास्ता गरेकाले विरोधमा उत्रिएको मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले बताए। 

उनले प्रदेशमै दोस्रो ठूलो भाषाका रुपमा स्थापित मैथिली भाषी कलाकार तथा साहित्यकारलाई किनारा लगाउनु दुःखद भएको बताए। मैथली सेवा समितिका अध्यक्ष डा. एसएन झाले मैथलीलाई बेवास्ता गरेर प्रदेश सरकार एकल जातीय नीतिमा अघि बढेको बताए। मैथली विकास अभियानका अध्यक्ष पंकज बर्माले भाषा आयोगले समेत मैथलीलाई प्रदेशको कामकाजको भाषा बनाउन सिफारिस गरेको अवस्थामा मैथलीलाई नसमेट्नु दुर्भाग्य 
भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.