६१ प्रतिशत मात्र खर्च

६१ प्रतिशत मात्र खर्च

काठमाडौं : बागमती प्रदेशको यातायात तथा पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौडाले भौतिक पूर्वाधारको विकास तथा निमार्णको कार्यमा चालु आर्थिक वर्षमा ६१ प्रतिशत मात्र खर्च गरेको छ। निर्देशनालयले ७ अर्ब ४२ करोड ७१ लाख रुपैयाँ खर्च गरेको छ।

पूर्वाधार निर्देशनालय तथा मातहतका निकायका लागि चालु आव २०७८/७९ मा १२ अर्ब १२ करोड नौ लाख रुपैयाँ विनियोजन भएको निर्देशनालयका  सूचना अधिकरी हरिप्रसाद ओझाले जानकारी दिए। चालु आवमा प्रदेशको यातायात पूर्वाधार  निर्देशनालयले सबैभन्दा बढी ८८.६१ प्रतिशत खर्च गरेको छ। निर्देशनालयका लागि चालु आवमा ५५ करोड ७९  लाख रुपैयाँ विनियोजन गरेकामा ४९ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ। 

निर्देशनालयअन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय चितवनले ४९.८४ प्रतिशत, पूर्वाधार विकास कार्यालय ललितपुरले ५७.४८, पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले ५३.९६, पूर्वाधार विकास कार्यालय रामेछापले ५४.९९, पूर्वाधार विकास कार्यालय नुवाकोटले ६०.८५,  प्रादेशिक  सडक डिभिजन कार्यालय धादिङले ५७.१४ र प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीले ७८.२१ प्रतिशत खर्च गरेको बताइएको छ।

यसैबीच यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले हेटौँडा उपमहानगरपालिका-११ र १२ जोड्ने राप्ती खोलामा २७  करोड ४६ लाखको लागतमा पक्की पुल निमार्ण गरेको छ। तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलद्वारा शिलान्यास गरिएको सो पुल २१५ मिटर लामो छ। सो निर्देशनालयका निर्देशक सहदेव भण्डारीले प्रदेश सरकार गठन भएदेखि  हालसम्म ७१  पुल निर्माण भइसकेका छन्। हाल ३० पुल निर्माणाधीन अवस्थामा छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.