‘चीन जुनसुकै बेला सहयोग गर्न तयार’
काठमाडौं : लिउको टोली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि मंगलबारै भेट भएकोे छ। नेपालसँगै, नेता झलनाथ खनाल, उपाध्यक्षद्वय प्रमेश हमाल र जयन्ती राई, उपमहासचिवद्वय गंगालाल तुलाधर र प्रकाश ज्वाला तथा प्रचार विभागका प्रमुख जगनाथ खतिवडासँग पनि मंगलबारै काठमाडौंको एभरेष्ट होटलमा भेटवार्ता गरे।
भेटमा चिनियाँ पक्षले सुरक्षा चासोको विषयमा छलफल केन्द्रित गरेको समाजवादीका अध्यक्ष नेपालले बताए। नेपालले भने, ‘चीनको सुरक्षा चासोलाई प्रस्ट पार्ने काम भएको छ। हामी स्वतन्त्र र परराष्ट्र नीतिका बारेमा प्रतिबद्ध छौं भन्ने कुरा स्पष्ट ढंगले राखेका छौं।’ भेटमा लिउले नेपालले अमेरिकी कार्यक्रम स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) अस्वीकार गरेकोमा धन्यवादसमेत दिएको नेता नेपालले बताए। ‘चीनबाट नेपाल र नेपालबाट चीनले सिक्न सक्ने विषयका बारेमा पनि छलफल भएको छ,’ नेपालले भने
नेपालले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाए । चिनियाँ पक्षले नेपाललाई परेको बेला जुनसुकै समय सहयोग गर्न तयार रहेको अध्यक्ष नेपालले स्पष्ट पारे।