अबैध क्रसर सञ्चालन

अबैध क्रसर सञ्चालन

म्याग्दी: जिल्लाको रघुगंगा गाउँपालिका–२ स्याउलीबजारमा अबैध रुपमा क्रसर उद्योग सञ्चालन भएको छ। 

क्रसर सञ्चालन सम्बन्धी मापदण्ड र प्रक्रीया पूरा नगरी स्थापना भएको सो उद्योग कुनैपनि निकायमा दर्तासमेत भएको छैन्। रघुगंगा गाउँपालिका-२ का वडा अध्यक्ष अमृत भण्डारीले अवैध तवरले क्रसर उद्योग सञ्चालन भएको बताए। 

'बेनी-जोमसोम सडक र कालीगण्डकी नदीको बगर नजिकै दर्ता बिनै, मापदण्ड र प्रक्रीया पुरा नगरी क्रसर सञ्चालन गरेको पाइयो,' उनले भने 'हामी अनुगमनमा जाँदा भागाभाग भयो। कसले कसरी सञ्चालन गरेको हो भन्ने विषयमा जानकारी छैन्।'

कालीगण्डकीको बगरबाट गाउँपालिकालाई राजस्व नतिरिकनै नदीजन्य बस्तुको उत्खनन् गरेको सो क्रसर उद्योगको विषयमा अनुगमन र छानविन गर्न गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको वडा अध्यक्ष भण्डारीले जानकारी दिए।  

स्थानीयवासीकाअनुसार सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधी र सरोकारवालाहरु स्थानीय तह निर्वाचनमा केन्द्रित भएको मौका छोपेर गत बैशाख महिनामा क्रसर उद्योग स्थापना गरेका थिए। 

पछिल्लो केही वर्षयता सरकारले नयाँ क्रसर उद्योग स्थापना र सञ्चालन गर्न अनुमति दिएको छैन्। सर्वोच्च अदालतले गत वर्षदेखि कालीगण्डकी नदीको बगरबाट उत्खनन्मा रोक लगाएको छ। 

विकास आयोजनाका लागि आवश्यक पर्ने निर्माण सामग्री उत्पादन र प्रसोधन गर्न अस्थायी क्रसर स्थापना गर्न पाउने व्यवस्था भएपनि सो ठाउँमा कसैले पनि अनुमति लिएको नपाइएको वडा अध्यक्ष भण्डारीले बताए। 

स्याउली बजारमा २०७७ मंसिरमा क्रसर उद्योग खोल्न जग्गा सम्माएका थिए। 

कालीगण्डकी नदी किनारमा रहेको निजी जग्गामा क्रसर उद्योगका संरचना बनाउन थालेपछि स्थानीयबासीले बिरोध जनाउदै वडा, गाउँपालिका, जिल्ला समन्वय समिति र प्रशासनमा जानकारी गराएका थिए। 

प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधीहरुले अनुगमन र निगरानी गरेपछि त्यसबेला क्रसर स्थापना हुन सकेको थिएन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.