निको हुन्छ नसाको रोग

निको हुन्छ नसाको रोग

कुनै समयमा एउटा राजा थिए। उनले मन पराएको एउटा घोडा थियो। अचानक घोडा बिरामी भयो। राजाले देशमा भएका विज्ञ वैद्यहरूबाट उपचार गराए तर कसैले निको पार्न सकेनन्। विदेशबाट डाक्टर झिकाएर पनि उपचार गरियो। विदेशी डाक्टरले के भन्यो भने यी तीनवटा सुई लगाएपछि घोडा हिँड्छ। यदि हिँडेन भने कहिले पनि हिँड्दैन। त्यसपछि यसलाई भीरबाट लडाएर फ्याँकिदिए हुन्छ। राजाले यसो सोचे र हुन्छ भने। डाक्टरले तीन सुईको खर्च तीनवटा घोडा किनेबराबरको लाग्छ भने। एकदमै मन परेको घोडा भएकाले ‘बाँच्यो भने हुन्छ’ भनेर राजा राजी भए। तीनवटा इन्जेक्सन लगाइसक्दा पनि घोडा कहीँ केही चलमल गरेन। तेस्रो इन्जेक्सन लगाइसकेपछि डाक्टर फर्कियो। 

नजिकै रहेको खसीले घोडाबारेको सबै कुरा सुनेको थियो। उसले घोडालाई भन्यो, ‘घोडा दाइ ! तपाईं जसरी पनि उठ्नु पर्छ। तपाईंलाई सबै इन्जेक्सन लगाइसके। अब पनि तपाईं उठ्नु भएन भने तपाईंलाई लगेर भीरबाट खसाल्छन् र मार्छन्।’ घोडाले भन्यो, ‘खसी भाइ, मलाई पनि चारखुट्टा एकै ठाउँ पारेर लड्न मन छैन। उठेर हिँड्न मन छ। राजालाई पिठ्यूँमा बोकेर हिँड्दा सबैको आँखामा म भव्य पनि हुन्छु, थाहा छ।’ खसीले घोडालाई बिस्तारै कान हल्लाउन भन्यो। सक्दिनँ भन्ने साउति मार्दै गर्दा उसले नचाहेरै टाउको हल्लियो। कान हल्लाउनुहोस् भन्यो। त्यसरी नै सक्दिनँ भन्दा कान हल्लिए। क्रमशः खुट्टाहरू  हल्लायो। दायाँ पल्टिनुहोस् बायाँ पल्टिनुहोस् भन्दै खसीले २४ घण्टा लगाएर घोडालाई सामान्य उठ्न सक्ने बनायो। भोलिपल्ट बिहान घोडाको सुसारे आयो। घोडा उठेको देखेपछि राजाकोमा खबर पुग्यो। राजा घोडालाई हेर्न तबेलामा आए। राजाले घोडा उभिएको देखे। घोडालाई सुम्सुम्याए।

सबैभन्दा बढी प्यारालाइसिस भएका अर्थात् शरीरका अंग नचल्नेहरू आउँछन्। अधिकांशलाई हिँड्न सक्ने बनाएर पठाउँछु। दोस्रोमा नसा थिचिएका (साइटिका) बिरामी र एकातिर नसा सुकेका बिरामी आउनु हुन्छ। उहाँहरूलाई सकेसम्म चल्नुहोस् चलाउनुहोस्, शरीरलाई नरम र सहज बनाउनुहोस् भनेर सिकाएर पनि पठाउँछु। यति भयो भने विस्तारैविस्तारै आजभन्दा भोलि अनि भोलिभन्दा पर्सि फरक महसुस गर्दै तंग्रिन थाल्नुहुन्छ। भएन र हुँदैन भनेर बस्नेलाई समस्यै समस्याले गाँज्छ। यसरी शरीर चल्मलाउने कामलाई निरन्तरता दिनुभयो भने पक्का सहज हुन्छ। खासमा, शरीरमा असमानता पैदा भएको थाहा हुन्छ। सामान्य असमानतालाई वास्ता गरिँदैन। जब सहन नसक्ने भइन्छ वा शरीरले थाम्न नसक्ने भएपछि उपचारको खोजीमा हिँड्छौं। सो क्रममा आफ्ना मान्छेहरू कसलाई के भएर कहाँ गएर कसरी उपचार गरे भन्ने खोज्छौं। जो जहाँ पुगेर ठीक भए त्यसकै आधारमा उपचारको खोजी गर्छौं।

उपचार गर्ने थुप्रै पद्धतिहरू छन्। आफूलाई मनले खाने पद्धति छनोट गर्ने हो। जहाँ पनि एकजना निको भएपछि उसको रिफरका आधारमा अर्को जना बिरामी आउने हो। आउँदा म खुट्टा टेक्नै सक्दिनँ हिँड्न त झनै कठिन छ, राति निद्रा परेन भन्दै आउनु हुन्छ। कोही मलाई पोलेर उठ्न बस्न केही गर्नै हुँदैन भन्नु हुन्छ। तर, यी सबैको प्रकृति फरक हुन सक्छ। कसैलाई बस्दा झमझम हुन्छ, कसैलाई भारी बोक्दा सञ्चो हुन्छ। कोही त्यत्तिकै हिँड्न गाह्रो हुन्छ। एउटाको लक्षण अर्कोसँग मेल नखान सक्छ। सर्वप्रथम बिरामीलाई के भएको हो ? भनेर छुट्ट्याउँछौं। छुट्ट्याइसकेपछि हामीले गर्न सक्छौं वा सक्तैनौं त्यो भन्छौं। सबै नसा उपचार गर्ने भन्दैमा हामीले पनि छुन, चलाउन मिल्दैन। उपचार सम्भव छ भने सक्छौं भन्छौं, कति समय लाग्छ त्यो पनि भन्दिन्छौं। यस्तो उपचार आजको भोलि हुँदैन।

सबैले बुझ्नुपर्ने कुरो के भने मंसिरमा पाक्ने धानलाई जतिसुकै मलजल गरे पनि भदौमा त पकाउन सकिँदैन। बिरामीको जीवनी शक्तिलाई आधार लिएर भन्न सकिन्छ। कतिपय कुराका लागि समय पनि कुर्नै पर्छ। समय दिनेलाई उपचार गर्न सम्भव हुन्छ। कोही कोही निको हुनलाई मात्र आउनु हुन्छ। मोटामोटी ६०–६५ प्रतिशत मात्र दुखाइ कम भए कतिपय बिरामीलाई पुग्छ। आज एक ठाउँ पुगेर उपचार गर्ने अनि केही दिनमै अर्को ठाउँ जाने रोग पनि सधैं बोकिरहने मानिस भेटिन्छन्। रोगको उपचारमा निरन्तरता नदिँदा त्यसले आफैंलाई धोका दिइरहन्छ।

नसाका रोग तीन थरिका हुन्छन्। एउटा पूर्णतया निको हुने, एकथरी कम मात्रै गराउने र तेस्रो, निको नहुने। यस्ता बिरामीको अवस्था कस्तो हुन्छ भने डढेको काठलाई रंग लगाएजस्तो। डढेको त डढेकै हो भनेजस्तै। सही निदान गरी सही औषधिउपचार पाए भने कति चाहिँ निको हुन्छन्। कतिलाई निको पार्न सकिँदैन तर रोकथाम गर्न सकिन्छ। जस्तो आकाशबाट परेको पानीलाई रोक्न त सकिँदैन तर छाता ओढियो भने नभिज्न सकिन्छ। कहिलेकाहीँ त्यतिमा पनि चित्त बुझाउनु पर्ने हुन सक्छ। 

माथि भनेजस्तो हामी उपचार गर्नेले छुन नमिल्ने नसामा प¥यो भने निको नहुन सक्छ। जुन ठाउँमा हामीले छुनै मिल्दैन। कसैलाई त छोयो झन् बढ्ने हुन्छ। बिरामीको शरीरअनुसार फरकफरक हुन्छ। यस्तै विविध प्रकारका नसाका समस्याको निदान र उपचार गर्छौं। सम्पूर्ण रोगको कारण भनेकै शरीरमा बिजातीय पदार्थ जम्मा हुनु र जीवनी शक्ति कमजोर हुनु हो। पछि मान्छेमा रोग लाग्छ। आहारविहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ तर हामी भेटेपछि र भेटे जति खान लालायित हुन्छौं। बेमौसमी साजसब्जी, फलफूल, बिजातीय पदार्थ वा टक्सिनयुक्त खाना बढी खानाले समस्या ल्याउँछ। दोस्रो, अहिले देखिएको फर्टिलाइजर खाना अर्थात् सबैभन्दा बढी तेल, मसला र विषादी प्रयोग गरेर राखिएका खानेकुराहरूमा हुन्छ।

तेस्रो, सबैभन्दा खराब भनेको साबुन। सामान्यत साबुनले भाँडा माझेर पखालेपछि चिल्लो जान्छ तर सातचोटि पखाल्दा पनि नजाने कडा खालका केमिकल भाँडामा रहिरहन्छ। हामी त्यसको ख्याल गर्दैनौं। पखाल्दा टिलिक्क टल्केको देखिन्छ तर भाँडामा साबुन वा सरफ निख्रिएको हुँदैन। त्यसमा तातो दाल, तातो भात, तातो तरकारी, तातो दूध अथवा जे पनि तातो हालेपछि त्यसमा विस्तारै सोसेर लिन्छ। त्यो हामी खाँदै जान्छौं। पहिलो चरणमा विस्तारै आमाशयमा गएर पित्तलाई असर गर्छ। पित्त विस्तारै छान्न नसक्ने अवस्थामा पुग्छ। त्यसपछि रगतमा फाल्न थाल्छ र हाम्रो शरीरभरि कुद्न थाल्छ। कुद्दाकुद्दै जोर्नीमा गएर बस्न थाल्छ। विस्तारै त्यो बिजातीय पदार्थ जोर्नीमा पुग्छ। शरीर चलाउँदा एकातिर फर्किंदा गयो तर त्यो फर्किएर आएन। समस्या यत्ति हो।

सामान्य रूपमै नसामा यस प्रकारको असर देखिन्छ। अहिले बजारमा आउने तरकारीमा बेमौसमी तरकारीलाई प्रोत्साहन नदिऊँ। पहिलो त सुकेको तरकारी खाए पनि हुन्छ, केही फरक पर्दैन। दोस्रो, हामीले बजारबाट ल्याएको सागसब्जी आधा बाल्टिन पानीमा तीन चम्चा नुन राखेर तीन घण्टा पानीमा डुबाऔं। त्यसरी राख्दा कुहिएन भने त्यो खान योग्य भयो। कुहियो भने फालिदिए हुन्छ। नुनले ८० प्रतिशतसम्म विषादि काट्छ। हामीलाई अहिलेसम्म टिकाएको भनेको नुन र बेसारले हो। रोग लाग्न नदिन शरीरलाई चलायमान राख्नुपर्छ। शरीरमा पसिना धेरैभन्दा धेरै आउने काम गर्नुपर्छ। खानपिनमा ध्यान दिनुपर्छ। पहिलो चरणमा दुख्छ। दोस्रोमा नसाहरू झमझमाउँछ। तेस्रोमा पोल्न थाल्छ भने चौथोमा लाटो हुन्छ। पाँचौं चरणमा चल्दैन। नसा सुक्ने, कडापन हुने वा एकमाथि अर्कोमा सर्ने र खप्टिने साथै नसा आफ्नो ठाउँमा ठीक देखिने तर निष्क्रिय भएर बसिदिने समस्या अचेल धेरैलाई छ।

नेपालमा सरदर हेर्ने हो भने ६० प्रतिशत रोगी नसाका छन्जस्तो लाग्छ। नसाका कारण अंग नचलेपछि मात्रै हामीलाई तातो लाग्ने हो। नत्र वास्ता गर्दैनौं। पेलेरै अघि बढ्न खोज्छौं। जति ढिलो भयो त्यति समस्या बढ्दै जान्छ, उपचार हुन्छ तर निको हुँदैन। नाच्नु सबैभन्दा राम्रो मान्छु। नाच्दाबराबरको व्यायाम अरू होइन। यसमा सम्पूर्ण शरीर चल्छ। जबसम्म पसिना आउँदैन, तबसम्म नाच्नु पर्छ। नाचेर पसिना निकाल्न सक्ने हो भने धेरैभन्दा धेरै टक्सिन जान्छ।

नसाका कारण अंग नचलेपछि मात्रै हामीलाई तातो लाग्ने हो। पेलेरै अघि बढ्न खोज्छौं। नाच्नु सबैभन्दा राम्रो मान्छु। यसले टक्सिन निकाल्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.