दक्षिण एसियाली छोटो फिल्म महोत्सवमा लम्सालको ‘गोरु पर्व'
काठमाडौं : पाँचौँ दक्षिण एसियाली छोटो फिल्म महोत्सवमा रंगकर्मी पुरु लम्सालको छोटो फिल्म 'गोरु पर्व' (अक्स फियस्टा) छनोट भएको छ । यो नुवाकोटको तारुकामा हरेक वर्ष माघे संक्रान्तिका दिन आयोजना हुने गोरु जुधाइ मेलामा आधारित सर्ट फिल्म हो ।
उक्त महोत्सव भारतको दिल्लीस्थित नन्दनमा अगस्ट ३ देखि ६ सम्म आयोजना हुँदै छ । आयोजक संस्थाका अनुसार भारत, बंगलादेश, श्रीलंका र नेपालका लामा, छोटा गरी ६० चलचित्र/वृत्तचित्र प्रदर्शन गरिनेछ । नेपालको ‘गोरु पर्व’ महोत्सवको तेस्रो दिन अर्थात् अगस्ट ५ मा प्रदर्शन गरिनेछ ।
सिने मेकर्स प्रालिको प्रस्तुति रहेको ‘गोरु पर्व’का निर्माता निरञ्जन सिग्देल हुन् । कार्यकारी निर्माता केपी पाठक हुन् । वृत्तचित्रको लेखक तथा निर्देशक पुरु लम्साल हुन् ।