कार्यालयमा सेवाग्राहीको चाप बढेपछि कार्यालय समय थपियो
रसुवा: जिल्ला प्रशासन कार्यालय रसुवामा सेवाग्राहीको चाप बढ्दै जान थालेपछि कार्यालय समय थप हुने भएको छ।
कार्यालयले असार ३१ गते शुक्रबारदेखि साउन १० गतेसम्म सेवा अवधि बढाउन लागेको हो।
कार्यालयले अब बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा दिनेछ। कार्यालयमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएकाले कार्यालयीय समय थप गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए।
उनका अनुसार विदाको दिनबाहेक अन्य दिन थप समय सेवा प्रवाह गरिने छ।