स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी ऐनको चिकित्सक संघले गर्यो स्वागत

स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी  ऐनको चिकित्सक संघले गर्यो स्वागत

काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको स्वागत गरेको छ ।

संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संसदबाट पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐनले चिकित्सक, स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था गरेको भन्दै स्वागत गरेको हो । 

संघले ऐन पारित भएसँगै नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई विधि र विधान बमोजिम कानुन सम्वत तवरबाट संचालन गर्न सरकारसँग आग्रह गरेको छ । 

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले ऐन निर्माणमा संघले दिएको सुझावलाई सरकारले मनन गर्नु सकारात्मक विषय भएको बताए। उनले ऐन पास गर्न पहल  गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरे।

पत्रकार सम्मेलनमा संघका पूर्वपदाधिकारहरुले सरकारले ल्याएको नयाँ ऐनको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए । 

संघले नेपालका चिकित्सकहरुको सुरक्षा र स्वास्थ्य संस्था तथा अस्पतालमा शान्ति सुरक्षा कायम राख्नका लागि अनेकौं प्रयासहरु जारी राखेको जनाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.