मुस्ताङ र डोल्पा सडकको याकखर्क जोडिन २० किमि दुरी बाँकी

मुस्ताङ र डोल्पा सडकको याकखर्क जोडिन २० किमि दुरी बाँकी

जोमसोम : मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र मुगुगरी चार जिल्ला जोड्ने सडकको नयाँ ट्रयाक खोल्ने काम अघि बढेको छ। सडक स्तरोन्नति र सडक ट्रयाक खोल्ने कार्यसंगै डोल्पा र मुस्ताङको सीमाना याकखर्कसम्मको सडक जोडिन अब २० किमी मात्र बाँकी छ।

नेपाल सरकार भौतिक भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय बाग्लुङले आर्थिक वर्ष २०७५/०७६ सालदेखि मुस्ताङ–डोल्पा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक खोल्ने काम सुरु गरिएको थियो। समुन्द्री सतहदेखि ४५ सय मिटर अग्लो उचाईबाट ११ मिटर फराकिलो सडक विस्तार गर्न मन्त्रालयले पहिलो आर्थिक वर्ष ४ करोड बजेट विनियोजन गरेको थियो।

यस्तै डोल्पा जोड्ने सडकका लागि आर्थिक वर्ष २०७६/०७७ सालमा ११ करोड विनियोजन गरेकोमा कोरोना कहरका कारण आर्थिक वर्ष २०७७/०७८ मा भने सो सडकका लागि बजेट बिनियोजन हुन सकेन। तर आर्थिक वर्ष भने मन्त्रालयबाट बिनियोजन भएको बजेटबाट डिभिजन सडक कार्यालय बाग्लुङले भ्याटसहित ४ करोड ६३ लाख लागतमा जागृति कुनसालिङ जेभीलाई ठेक्का सम्झौता मार्फत सडक स्तरोन्नति र नयाँ ट्रयाक ओपन गर्न कटिङको जिम्मा दिएको थियो।

आर्थिक वर्ष २०७६/०७७ मा मुस्ताङ–डोल्पा सडक विस्तारका लागि राधाकृष्ण एण्ड ब्रर्दश कन्ट्रक्सनले ५ करोड लागतमा वारागुङ मुक्तिक्षेत्रको साङ्तादेखि याकखर्क जोड्ने १२ किमी सडकको नयाँ ट्रयाक ओपन गरेको थियो। आर्थिक वर्ष २०७८/०७९ मा मुस्ताङ–डोल्पा सडक स्तरोन्नतिको जिम्मा लिएको जागृति कुनसालिङ जेभीले सो स्थानबाट सीमाक्षेत्र याकखर्क जोड्ने सडकका लागि १ लाख ८० हजार घनमिटर ट्रयाक खोल्न कटिङ र ३५ सय घनमिटर ग्याविन लगाउने जिम्मा लिएको जागृति कुनसालिङ जेभीको सञ्चालक जीवन रोकायाले जानकारी दिए। मुस्ताङ–डोल्पा सडकको साङ्तादेखि याकखर्कतर्फ ८ किमी विस्तार भएको र त्यसमा साढे ४ किमी थप नयाँ ट्रयाक ओपन गर्ने काम भइसकेको उनले बताए। ‘हामीले पुरानो सडकमा नयाँ थप ४ दशमलव ५ किमी खोल्यौं,’ उनले भने, ‘अब त्यहाँबाट याकखर्क जोडिन अझै १८ किमी सडक विस्तार गर्न बाँकी रहन्छ।’

जागृति कुनसालिङ जेभीका सञ्चालक रोकायाकाअनुसार जिम्मा लिएको सडक कटिङको काम अन्तिम चरणमा पुगेको र अब ग्याविन वाल लगाउने काम भइरहेको उल्लेख गरे। ‘केही कटिङको काम बाँकी छ, र साविक सडकमा पनि केही ग्रेडिङ मिलाउने काम गरेका छौं, एक्लेभट्टी–पाक्लिङ पुल नजिक एप्रोचका लागि कटिङ गर्ने अनुरोध आएकाले त्यहा पनि काम गर्नेछौं,’ उनले भने, ‘हामीले ठेक्का सम्झौता गरेको शर्त अनुसारको काम असोज महिनाभित्र सक्ने गरी काम अघि बढाएको छौं।’

यसअघि हिमाली कनेक्टिभिटी जोड्ने महत्त्वाकांक्षी मुस्ताङ–डोल्पा जोड्ने सडकका लागि पहिलो वर्ष राधाकृष्ण जेभीले ५ करोड ठेक्कामा १२ किमी सडकको काम गरेको थियो। त्यसपछिको दोस्रो आर्थिक वर्षमा मन्त्रालयले ११ करोडको ४ वटा ठेक्का लगाएको थियो।

आव २०७६/०७७ मा वारागुङ मुक्तिक्षेत्रको एक्लेभट्टीदेखि तिरी तालासम्मको सुरुवाती प्याकेज १ र २को १४ किमी सडकको २ प्याकेजको महादेव निर्माण सेवाले २ करोड र तिरी तालदेखि वारागुङ मुत्तिक्षेत्रको साङ्तासम्म प्याकेज ३ र ४ को १७ किमी सडकको दुई प्याकेज अमित बिल्डर्सले २ करोड र साङ्तादेखि याकखर्क जोड्ने १२ किमी सडकको राधाकृष्ण एण्ड ब्रदर्श कन्ट्रक्सनले ५ करोड लागतमा सडक स्तरोन्नति तथा नयाँ ट्रयाक ओपन गर्ने काम गरेको डिभिजन सडक कार्यालय बाग्लुङले जनाएको छ।

मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचनले नेपालको उत्तरी हिमाली क्षेत्र र पञ्चिमका विभिन्न जिल्लासम्म सडक कनेक्टिभिटीले जोड्ने उद्देश्यले मुस्ताङ–डोल्पा जोड्ने रणनितिक सडकको पहल गरेको बताए। सांसद तुलाचनले कर्णाली प्रदेशको डोल्पा र गण्डकीको मुस्ताङ जिल्ला सडक कनेक्टिभिटीले जोडिएमा दुई प्रदेशको आन्तरिक व्यापार तथा पर्यटन र स्थानीयबासीलाई आउजाउमा सहज हुने जानकारी दिए।

क्रमागत रुपमा बहुवर्षीय योजना अनुसार विस्तार भईरहेको मुस्ताङ –डोल्पा सडकको पहुँच मार्ग विस्तार भएमा डोल्पाबाट घोडा, खच्चर, याक र चौरीमा भारी बोकाएर माल सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.