रसुवागढी नाका दुईतर्फी नै खोल्ने सहमति

रसुवागढी नाका दुईतर्फी नै खोल्ने सहमति

रसुवा - चीनले रसुवागढी नाका दुईतर्फी नै खोल्ने भएको छ।

बिहीबार भएको नेपाल चीन सीमासम्बन्धी परामर्श बैठकले कोभिड-१९ को मापदण्ड पालना गरेर नाका दुईतर्फी रूपमा नै सञ्चालनमा ल्याउने निर्णय गरेको हो।

भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालकोतर्फबाट परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा र चीनकोतर्फबाट  परराष्ट्र मन्त्रालयका सीमा तथा समुन्द्रसम्बन्धी मामिला विभागका महानिर्देशक होङ लिआङले गरेका थिए।

कोभिड-१९ सुरु भएपछि नाका एकतर्फी रूपमा सञ्चालन हुँदै आएको छ।

नाका एकतर्फी मात्र सञ्चालन भएका कारण लामो समयदेखि निर्यात ठप्प भएको,  नाकाबाट पर्याप्त सामग्री आयात हुन नसकेको र दुई देशीय व्यापारमा कठिनाइ भएका कारण नाका दुईतर्फी रूपमा नै सञ्चालन गरिन लागिएको हो। 

कोरोना सुरू हुनुभन्दा अगाडि नाका दुईतर्फी नै सञ्चालनमा थियो। कोरोनाको कारण केही महिना नाका बन्द भएको थियो। २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो।

त्यसयता नाकाबाट आयात निकै कम भएको छ। अहिले नाका एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ।

त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचोलगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.