सगरमाथाका तीन जिल्लामा बलात्कारसम्बन्धी ४० प्रतिशत मुद्दा

सगरमाथाका तीन जिल्लामा बलात्कारसम्बन्धी ४० प्रतिशत मुद्दा

ओखलढुंगा : सगरमाथाका तीन जिल्लामा बलात्कारसम्बन्धी मुद्दा ४० प्रतिशत देखिएको छ। ओखलढुंगा, खोटाङ र सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दामध्ये झण्डै ४० प्रतिशत मुद्दा बलात्कारसम्बन्धी रहेका छन्।

उच्च अदालत विराटनगर, ओखलढुंगा इजलासमा आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका सरकारवादी फौजदारी मुद्दामध्ये ३९.७५ प्रतिशत मुद्दा बलात्कार सम्बन्धी रहेका छन्। अदालतमा सरकारीवादी फौजदारी मुद्दा २४४ दर्ता थिए।

तीमध्ये ६२ जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग २८, बाल यौन दुरुपयोग ६ र अप्राकृतिक मैथुन १ रहेको अदालतले सार्वजनिक गरेको तथ्यांक छ। सरकारवादी फौजदारी मुद्दामध्ये बलात्कारसम्बन्धी मुद्दा अत्याधिक देखिएको अदालतका वरिष्ठतम् न्यायधीश वीरबहादुर डाँगी बताउँछन्। उनले सञ्चारकर्मीहरुसँग तथ्यांकप्रति लक्षित गर्दै भने, ‘यहाँहरुले नै देखि हाल्नुभयो एक वर्षमा सबैभन्दा बढी कुन मुद्दा छन् भन्ने।’

दर्ताका हिसाबले पनि लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका छन्। अदालतमा कुल दर्ता हुने अनुमान गरिएका २५१ थान  मुद्दामा २७४ दर्ता भए। नेपाल बार एसोसिएसन जिल्ला बार इकाई ओखलढुंगाका अध्यक्ष टुकराज निरौलाले बलात्कारसम्बन्धी मुद्दा वर्षेनि बढेको बताए। उनले यो ट्रेन्ड देशभर नै रहेको भन्दै कतिपय मुद्दा असमझदारी वा रिसिइवी साँध्ने हिसाबले दर्ता हुने गरेको उनले अनुभव सुनाए।

कानुनी व्यवस्था र हदम्यादका कारण कतिपयले कानुनको दुरुपयोग गर्ने र सहमतिमा भएका सम्बन्धलाई पछि बार्गेनिङ गर्ने र कुरा नमिल्दा उजुरी गर्ने गरेकाले सचेत अपराध अनुसन्धान र न्याय निरुपणमा सचेत हुनुपर्ने सरोकारवालाहरुको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.