करार कर्मचारीको म्याद थप नगर्दा आन्दोलन : प्रहरीले गोली चलायो, तीन जना गम्भीर घाइते

करार कर्मचारीको म्याद थप नगर्दा आन्दोलन : प्रहरीले गोली चलायो, तीन जना गम्भीर घाइते

दैलेख : करार कर्मचारीहरुको म्याद थप नगर्ने गुराँस गाउँपालिकाको निर्णयविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन्।

गाउँपालिकाको असार २९ गते सम्पन्न गाउँसभाको १०औँ अधिवेशनले गाउँपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो। करार सम्झौताको म्याद थप नहुने भएपछि कर्मचारीहरु शुक्रबारदेखि आन्दोलनमा उत्रिएका थिए।

आन्दोलित कर्मचारीहरुले शुक्रबार दिउँसो एक बजेदेखि शान्तिपूर्ण प्रदर्शन गरेका थिए। प्रहरी हस्तक्षेपपछि प्रदर्शनले उग्र रुप लिँदा प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली लागेर तीन जना कर्मचारीहरु गम्भीर घाइते भएका छन्।

गुराँस गाउँपालिका- १ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित तीन जना घाइते भएको कर्मचारीले बताएका छन्।

‘हामी आन्दोलित कर्मचारीको प्रतिनिधि र गाउँपालिकाका जनप्रतिनिधिहरु र प्रमुख प्रशासकीय अधिकृतबीच वार्ता भइरहेको थियो, भित्र वार्ता भइरहँदा हामीले बाहिर करार कर्मचारीको म्याद थप हुनुपर्ने मागसहित नारा लगाइरहेका थियौँ, त्यति नै बेला प्रहरीले लाठी चार्ज गर्‍यो,’ आन्दोलित कर्मचारी श्यामसुन्दर खड्काले भने।

प्रहरीले लाठी चार्ज गर्न थालेपछि आन्दोलित कर्मचारीहरुले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए। आन्दोलित कर्मचारीहरुले प्रहरीमाथि ढुंगा प्रहार र प्रहरीले आन्दोलित कर्मचारीमाथि लाठी चार्ज गर्ने क्रममै प्रहरीले एक्कासी गोली चलाएको कर्मचारीहरुले बताएका छन्। उनीहरुले भागेर ज्यान जोगाएको बताएका छन्। घाइतेको संख्या धेरै हुन सक्ने अनुमान गरिएको छ।

घटनाबारे विस्तृत विवरण प्राप्त भइसकेको छैन। जिल्ला प्रहरी कार्यालयका डीएसपी भुवनेश्वरप्रसाद शाहले घटनाको विवरण आइनसकेको बताए।

गाउँपालिकाले तलब भत्ता भुक्तानी हुने सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो। यो निर्णयसँगै झण्डै साढे दुई सय कर्मचारीको करार सम्झौता नवीकरण नहुने भएको छ।

गुराँस गाउँपालिकाको कार्यालयमा आन्दोलनमा उत्रिएका करार कर्मचारीहरु । तस्विर : अन्नपूर्ण ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.