नेपाली मूर्तिकलाको विकासक्रम

नेपाली मूर्तिकलाको विकासक्रम

इतिहास एवं संस्कृतिविद् सत्यमोहन जोशीले लेखेको पुस्तक ‘नेपाली मूर्तिकलाको विकासक्रम’ प्रकाशित भएको छ। जोशीको पछिल्लो यो खोजमूलक पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानले बजारमा ल्याएको हो।

नेपाली मूर्तिकलाको इतिहास लामो छ, यसको क्षेत्र विशाल छ अनि नेपालका मूर्तिकला उत्कृष्ट छन्। यसैमा केन्द्रित रहेर उनले लेखेका थिए। खासमा यो पुस्तक २०३२ सालमै पहिलो संस्करणका रूपमा प्रकाशित थियो। प्रतिहरू सकिएपछि यसपटक दोस्रो संस्करण प्रकाशन गरिएको हो। प्रथम संस्करणको प्रकाशकीयका रूपमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति लैनसिंह बाङ्देलको मन्तव्य पनि पुस्तकमा छ। साथमा हालका कुलपति गंगाप्रसाद उप्रेती र उपकुलपति जगमान गुरुङको मन्तव्य छ।

पुस्तकमा विरुपाक्ष, महाकाल (स्वयम्भू मूर्ति संग्रहालयमा सुरक्षित), नक्सालको सूर्यमूर्ति, सिम्रोनगढको ब्रह्मा (राष्ट्रिय संग्रहालयमा सुरक्षित), महिषमर्दिनी भगवती (पशुपतिनाथको दक्षिणढोकानेरको), बुद्ध (ललितपुरको चपाटमा रहेको), गरुणनारायण (चाँगु, भक्तपुरको), विष्णुविक्रान्त त्रिविक्रमको मूर्ति आदि दर्जनभन्दा बढी मूतिको परिचयसहित तस्बिर राखिएका छन्। 

पुस्तकले कला र संस्कृतिले धनी नेपालको कलाको इतिहास छर्लंग हुनेछ। नेपालका मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन, अनुसन्धानमा प्रज्ञा प्रतिष्ठान सुरुआतदेखि लागिपरेको प्रमाण हो यो पुस्तक।

पुस्तकमा जोशीले नेपालमा चतुर्थ शताब्दीमा आचार्य वसुबन्धुले महायानी बौद्धधर्मको निकै प्रचार गरेपछि बौद्धमूति निर्माण कलामा पनि स्वतः ठूलो प्रभाव पर्न गएको उल्लेख गरेका छन्।

यस्तैगरी, जोशीको यस पुस्तकमा कालीयनागका नागबेली पाराको जुन विचित्र रूपमा प्रदर्शन गरिएको छ। वास्तवमा त्यसबाट समस्त मूर्तिको अंग–प्रत्यंगमा नेपाली नागबेली शैलीमा सिर्जना भएको पनि उनले लेखेका छन्। ८० पृष्ठको यो पुस्तकको मूल्य १२० रुपैयाँ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.