निशानामा संरक्षित वन्यजन्तु

निशानामा संरक्षित वन्यजन्तु

 काठमाडौं : भालुको दुइटा पित्तसहित अर्घाखाँचीका ५३ वर्षीय हरिओम रसाइली र रूपन्देहीका ३२ वर्षीय भजिन्द्र दर्जी असार १९ गते पक्राउ परे। केन्द्रीय अनुसन्धान ब्युरोले गोकर्णेश्वर–५ जोरपाटी नयाँबस्तीबाट उनीहरूलाई पक्राउ गरेको थियो।

असार १५ गते कस्तुरीको विनासहित कोरियन नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे। राहदानी नम्बर एम ८२६२०३६१ वाहक ५५ वर्षीय कोरियन नागरिक जङजुन जनलाई करिब ७१६ ग्राम कस्तुरीको विनाको धुलोसहित प्रहरीले पक्रेको थियो। कोरियन एयरको उडानद्वारा सिओल जान लागेका जङले जुत्ताभित्र प्लास्टिक र टेपले बेरेर २ पोका बिना लुकाएका थिए। 

असार १४ गते गैंडाको शिकार खरिदबिक्री तथा ओसारपसारमा संलग्न रहेको भन्दै प्रहरीले रामकुमार प्रजालाई हेटौंडाबाट पक्राउ गरेको थियो।  चितवन कालिका नगरपालिका–९ शक्तिखोरका ४१ वर्षीय प्रजा उक्त मुद्दामा फरार थिए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। यस्तै, कस्तुरीको बिनासहित असार २७ गते जुम्ला सिंजाका ४९ वर्षीय नरबहादुर बुढा पक्राउ परेका थिए। प्रहरी वृत बानेश्वरको टोलीले जडीबुटीबाट उनलाई पक्राउ गरेको थियो। 

यी केही उदाहरण मात्रै हुन्। दुर्लभ वन्यजन्तुका दाँत, छाला, खाग, बिनालगायतका वस्तुसहित स्वदेशीदेखि विदेशी नागरिक धमाधम पक्राउ पर्न थालेका छन्। तस्करको निसानामा रेडपाण्डा, भालु, सालक, कछुवा, बाघ, चित्तल, हरिण, मृग, जरायो, बदेललगायतका जनावर पर्ने गरेका छन्। उनीहरूले यी जन्तुलाई मार्न लगाउने तथा छाला, दाँत, खाग, विनालगायतका वस्तुहरू विदेशमा तस्करी गर्ने गरेका छन्। एक अध्ययनअनुसार विश्वमा सबैभन्दा बढी सालकको तस्करीको निसानामा पर्ने जनावर हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार आव २०७३ देखि हालसम्म ३७० जना पक्राउ परेका छन्। जसमा १४ जना विदेशीसमेत छन्।   

यस्तै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा वन तथा वन्यजन्तुसम्वनधी ७७२ वटा मुद्दा दर्ता भएका छन्। जसमा आव २०७४/७५ मा वन मुद्दाका ४१ तथा वन्यजन्तु मुद्दामा ६३ मुद्दा दायर भएका छन्। यो आवमा वन तथा वन्यजन्तु सम्बन्धी अपराधमा २८४ जना व्यक्ति पक्राउ परेका छन्। 

यो संख्या आव २०७५/७६ मा वन मुद्दा २७ र वन्यजन्तु मुद्दा ३७ छ भने यस्ता अपराधमा संग्लन भएको आरोपमा यस वर्ष ३९३४ जना प्रक्राउ परेका छन्। आव २०७६/७७ मा वन मुद्दा ५१ र वन्यजन्तु मुद्दा ५५ रहेको छ। यो वर्ष वन तथा वन्यजन्तु अपराधमा संग्लन २६४८ जना व्यक्ति प्रक्राउ परेका छन्। त्यस्तै, आव २०७७/७८ मा वन मुद्दा १७१ र वन्यजन्तु मुद्दा १७५ रहेको छ। यस अपराधमा ३०२६ जना प्रक्राउ परेका छन्।  आव २०७८/७९ जेठसम्म वन मुद्दा ९८ र वन्यजन्तु मुद्दा १५२ रहेको छ। 

हल्लाकै भरमा वन्यजन्तुको तस्करी

वन विभागका महानिर्देशक राजेन्द्र केसीका अनुसार वन्यजन्तुको तस्करी हल्लाकै भरमा बढी हुने गरेको छ। विश्वभर हुने अपराधमध्ये चौथो नम्बरमा वन्यजन्तुसँग सम्बन्धित अपराध पर्छ। पछिल्लो समय नेपालमा चितुवाको छाला समातिएको तथ्यांक बढी छ। रुढीवादी मान्यता र धार्मिक मान्यताको आधारमा पनि वन्यजन्तुको तस्करी हुने गरेको उनले बताए।

उनी भन्छन्, ‘लाखौं पर्छ भन्ने बहानामा  गाउँमा भेटिएको सालक, सुनगोहोरो, कछुवा बोकेर सहर आउने व्यक्ति धेरै छन्। रेडपाण्डा पनि अत्यधिक तस्करी हुने जनावर हो।’ केसीका अनुसार वास्तविकतामा भने धेरै मूल्य पर्दैन। ‘कतिमा विक्छ ? के काम हुन्छ ? भन्ने पनि परम्परागत मान्यताको आधारमा हल्लाकै भरमा तस्करी भइरहेको छ,’ उनले भने, ‘एकमुखे रुद्राक्षलाई करोडौं पर्छ भन्ने हल्ला छ । तर, कहाँ पाइन्छ  ? करोड हालेर कसले किनेको छ आजसम्म हामीले सूचना पाएकै छैनांै।’

तस्करीमा विदेशी पनि पक्राउ

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सूचना अधिकारी डिलबहादुर पुर्जा पुनका अनुसार पछिल्लो समय विदेशीहरू पनि वन्यजन्तु तस्करीमा संलग्न हुन थालेका छन्। नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले दिएको तथ्यांकमा पनि पछिल्लो ५ वर्षमा १४ जना विदेशी पक्राउ परेको देखिन्छ ? विदेशीहरू तस्करीकै लागी आउने हो त ?,’ 

उनी भन्छन्, ‘विदेशीहरू वन्यजन्तु तस्करीकै लागि आउने भन्ने छैन। यहाँको कानुन थाहा नपाएर यस्तो कार्यमा संग्लन भएको देखिन्छ। केही घटनामा विदेशी पनि संग्लन छन्। विदेशीहरू प्राय कस्तुरीको बिना, हात्तीको दाँत, चितुवा, बाघको छाला गैंडाको खाग, रेडपाण्डा जस्ता वन्यजन्तुको सिकारमा संग्लन भएको देखिन्छन्। उनी भन्छन्, ‘केही आखेटोपहार महंगा मूल्यमा बिक्री हुन्छ भन्ने हल्ला छ। तर, कहाँ बिक्री हुन्छ ? कसले किन्छ ? अहिलेसम्म पत्तो पाएका छैनोैं।’ 

तस्करी हुने वन्यजन्तुको आखेटोपहारको मूल्य छैन 

बरामद भएका वन्यजन्तुको अंगहरू निश्चित समयपछि सरकारले जलाउने गरेको छ। निकै मूल्य पर्ने प्रमाणित भएको भए त जलाउने नै थिएन नि ? अवैध बरामद भेटिएको सुन सरकारी खातामा जाने जस्तै यी आखेटोपहार पनि प्रयोगमा आउँथे होलान् नि !,’ वन विभागका महानिर्देशक केसी प्रश्न गर्छन्, ‘तस्करबाट बरामद भएका वन्यजन्तुका ओखेटोपहार कुनै मूल्य नै छैन। कामै लाग्दैन। औषधिमा प्रयोग हुने भन्ने हल्ला प्रमााणित भएको अवस्था छैन।’ 

डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्री कार्कीका अनुसार संरक्षित वन्यजन्तु तस्करीविरुद्ध सरकार कडाइका साथ लागिपरेको छ। हरेक जिल्लामा रहेका जिल्ला वन कार्यालय, प्रदेश वन निर्देशनालाय तथा वन तथा वन्यजन्तु विभाग र वन मन्त्रालय जस्ता सरकारी निकायका माध्यमबाट नेपालमा लोप हुने अवस्थामा रहेका वन्यजन्तु तथा पशुपन्छीको संरक्षणमा लागेको हुन्छ।  मुख्यतया नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्युरो, अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालयलगायतले वन्यजन्तु अपराधका मुद्दा हेर्ने गर्छ। डिभिजन वन कार्यालयको सहयोगमा वन्यजन्तु तस्करीको मुद्दा अगाडि बढ्छ। मुद्दा अभियोजन गर्ने जिम्मा वन कार्यालयको हो। प्रमाण पुगेका केसहरूमा अदालतमा मुद्दा दायर हुन्छ। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत तस्करी गरिएको वन्यजन्तुको अवस्था र प्रजाति हेरिकन ६ महिनादेखि १५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ। गैरकानुनी तरिकाले बिक्रीवितरण गर्ने गरेको पाइएमा ५ देखि १० लाखसम्म जरिवाना र ५ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.