धनगढीका वडा वडामा विषेशज्ञ क्लिनिक

धनगढीका वडा वडामा विषेशज्ञ क्लिनिक

धनगढी : ‘हाम्रो धनगढी हामी बनाउछौं’ अभियानअन्तर्गत धनगढी उपमहानगरपालिकाले विषेशज्ञ चिकित्सक सहितको वडा क्लिनिक सञ्चालन गरेको छ। १९ वटै वडामा महिनामा एक पटक अनिवार्य रुपमा गरिने वडा क्लिनीकमा, अल्ट्रासाउण्ड, ईसीजी, र रगत दिशापिसावका जाँचहरु निशुल्क हुनेछन भने औषधी पनि निशुल्क वितरण गरिने छ।

स्वतन्त्र उमेदवार गोपाल हमालले जितेपछि विषेशज्ञ चिकित्सक सहितको वडा क्लिनीक सञ्चालन गरेका हुन्। आइतबार वडा नम्बर १९ को स्वास्थ्य चौकीमा मुख्यमन्त्री त्रिलोचन भट्टले वडा क्लिनिकको उद्घाटन गरे। ‘धनगढी उपमहानगरपालिकाले सुरुवात गरेको वडा क्लिनिकबाट जनताले महिनामा एक दिन विषेशज्ञ स्वास्थ्य सेवा पाउनेछन, यसमा प्रदेश सरकारले पनि सहयोग गर्नेछ’ मुख्यमन्त्री भट्टले भने।

प्रदेश सरकारले पनि वडा क्लिनिकमा सहयोग गरेको छ । सामाजिक विकास मन्त्रालयले, वडा क्लिनिकका लागि स्वास्थ्य उपकरणहरु उपमहानगरलाई हस्तान्तरण गरेको छ भने यस अभियानका लागि बजेट पनि छुट्याउने जनाएको छ। ‘हामीले केही उपकरण उपमहानगरलाई दिई सकेका छौं, अझ यस अभियानका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्छ’ मुख्यमन्त्री भट्टले भने। 

स्थानीय तहहरुलाई, वडा वडामा स–साना योजना दिएर उपभोक्ता समितिहरु मार्फत कार्यकर्ता पाल्ने गरेको आरोप लाग्ने गरेका बेला धनगढी उपमहानगरपालिकाले भने विषेशज्ञ सहितको स्वास्त्य सेवा दिएको हो। 

मेयर गोपाल हमालले, आफ्नो सरकारी सुविधाको गाडी वडा क्लिनीकका लागि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन । त्यस गाडीमा स्वास्थ्यको घुम्ती प्रयोगशाला जडान गरिएको छ। हरेक वडामा तालिका बनाएर निशुल्क शिविर सञ्चालन हुनेछ भने त्यहाँ  अल्ट्रासाउण्ड, ईसीजी, रगत र दिशापिसावको जाँचहरु तथा औषधी समेत निशुल्क उपलब्ध हुनेछ। 

‘धनगढीको सेती प्रादेशीक अस्पतालमा मात्रै विषेशज्ञ सेवा छ । गाउँका गर्भवती, जेष्ठ नागरिकहरुलाई सेतीसम्म पुग्न पनि समस्या हुने गरेको छ । एक पटकको स्वास्थ्य जाँचमा हजारौं खर्च हुने गर्छ । कर तिर्ने जनतलाई निशुल्क स्वास्थ्यको पनि अधिकार छ, हामीले त्यही भउर गाउँमै विषेशज्ञ चिकित्सक सहितको सेवा सुरु गरेका हौं’ हमालले भने ।

धनगढी उपमहानगरपालिकाले एकजना फिजिसियन र एकजना स्त्री रोग विषेशज्ञलाई माशिक २ लाख तलब दिने गरी नियुक्त गरेको छ । पाँच वर्षसम्म यी चिकित्सकहरुको तलब र भत्ता भाटभटेनी सुपर मार्केटले ब्यहोर्ने छ । केही दिन अघि मात्रै भाटभटेनी सुपर मार्केटका सञ्चालन मीन बहादुर गुरुङले पाँच वर्षसम्म, विषेशज्ञ चिकित्सकहरुको तलब भत्ता ब्यहोर्ने सम्झौता गरेका थिए ।

‘चिकित्सकको खर्च भाटभटेनी सुपर मार्केटले दिने सम्झौता गरेको छ । औषधी वितरकहरु, फार्मेसीहरु र नीजि अस्पताल सञ्चालक तथा अरु दाताहरुले औषधीका लागि सहयोग गरिरहेका छन, त्यसैले हामीले औषधी पनि निशुल्न वितरण गरेका छौं’ मेयर हमालले भने ।

साउन १ गतेबाट चिकित्सकको पर्चाको ६ सय, ईसिजी गरेको ५ सय, अल्ट्रासाउन्ड (भिडियो एक्सरे) गरेको एक हजार शुल्क निर्धारण गरिएको छ । अझ त्यसमा रगत, दिशापिसाव जाँच गरेको पनि रकम लाग्ने गर्छ । तर उपमहानगरले यी सबै सेवा नशिुल्क गरेर वडा क्लिनिक सञ्चालन गरेको हो ।

उपमहानगरले हरेक वडामा महिनाको निश्चित दिनमा क्लिनिक सञ्चालन गर्नेछ । हरेक ३० दिनमा त्यही वडामा क्लिनिक सञ्चालन हुनेछ । उपमहानगरले, पोर्टेबल प्रयोगशाला पनि वडा÷वडामा लग्ने जनाएको छ । ‘मेयरको सरकारी सुविधाको गाडि स्वास्थ्य शाखालाई हस्तान्तरण गरेको छु, त्यसमा पोर्टेबल प्रयोगशाला रहने छ भने चिकित्सहरु पनि त्यसमा वडावडासम्म जानेछन’ मेयर हमालले भने ।

उनले, चुनाव अघि नै उपमहानगरको कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए । उनी आफ्नै नीजि गाडीमा चढने गरेका छन भने उनको नामको सरकारी तलब भत्ता पनि हरेक महिना दान दिने गरेका छन । 

‘बल्ल स्थानीय सरकार भएको अनुभूति भयो, हामीले कर मात्र तिर्ने तर सेवा सुविधा केही पनि नपाउने अवस्था थियो, गाउँमा विषेशज्ञ डाक्टर आएर स्वास्थ्य जाँच गराए, आनन्द लाग्यो’ ७७ वर्षका सोमनाथ खतिवडाले भने । ‘हरेक स्थानीय सरकारले आफ्ना नागरिकको स्वास्थ्यलाई यसै गरी प्रार्थमिकता देओस ।’

धनगढी उपमहानगरपालिका १९ फुलबारीका मेघप्रसाद शर्मा पनि ८१ वर्षका भए । उनी भन्छन, ‘उपमहानरले महिनामा एक पटक वडामै गरिदिने यस शिवरले सबैभन्दा बढी गर्भवती महिला र जेष्ठ नागरिक लाभान्वित भएका छन ।’ उनले, सेती प्रादेशीक अस्पताल गएर सेवा लिन कठिनाई हुने गरेको बताए । धनगढीको वडा नम्बर १९,  सबैभन्दा टाढाको वडा हो । 

वडा नम्बर १९ का अग्नी प्रसाद तिवारी पनि जेष्ठ नागरिक हुन । उनले, उपमहानगरले गरेको स्वास्थ्य क्लिनिकको सराहना गरे । ‘हामीलाई खुसी लागेको छ । गाउँमै आएर महिनामा एक पटक स्वास्थ्य जाँच गर्न पाउनु भनेको राम्रो कुरा हो’ उनले भने । ‘हाम्रो देशको सरकारी अस्पतालहरुको अवस्था हेर्ने हो भने गाउँमा यसरी विषेशज्ञ सेवा पुग्न अझै दुई दशक लाग्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.