चुनावी तालमेलमार्फत बहुमत ताक्दै कांग्रेस

चुनावी तालमेलमार्फत बहुमत ताक्दै कांग्रेस

काठमाडौं : कांग्रेस आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तालमेलकै पक्षमा उभिएको छ। सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय उक्त पार्टीको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो।  

आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय भएको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिए। ‘वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसलाई प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै’, डा. महतले निर्णय सुनाउँदै भने, ‘संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्छ।’ 

पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा कांग्रेस प्रस्तुत हुनुपर्ने निचोड बैठकले निकालेको छ। तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण  र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा बनाउन कांग्रेसको जोड छ।

यो पार्टीले आगामी निर्वाचनमा गठबन्धनको बलमा बहुमत ल्याउने लक्ष्य लिएको देखिन्छ। उसले स्थानीय निर्वाचनमा भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले गठबन्धन भएर प्राप्त भएको मतप्रति केन्द्रीय कार्यसमिति पदाधिकारी तथा सदस्यले सम्मान गरेको प्रवक्ता डा. महतले बताए। 

कांग्रेसले वैशाख ३० को स्थानीय चुनावमा ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा’ पाँच दलीय गठबन्धनमा सहभागी हुने निर्णय गरेको थियो। उसले अब स्थानीय तहमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गर्ने भएको छ। महतका अनुसार बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको प्रतिवेदन सुझावसहित अनुमोदन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.