गंगालाल अस्पतालको लापरबाही : ‘अक्सिजेनेटर’ अभावले बिरामी फर्काइए

गंगालाल अस्पतालको लापरबाही : ‘अक्सिजेनेटर’ अभावले बिरामी फर्काइए

काठमाडौं : नेपालको प्रमुख मुटु अस्पताल सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा प्रभावित बनेको छ। शल्यक्रियाका लागि आवश्यक पर्ने ‘अक्सिजेनेटर’ मौज्दातमा नहुँदा शल्यक्रिया सेवा प्रभावित बनेको हो।

केन्द्रले यो मेसिनको अभावका कारण इमरजेन्सीबाहेकका शल्यक्रिया रोकेको छ। अहिलेसम्म मेसिन अभावकै कारण शल्यक्रियाका लागि भर्ना भएका ४५ बढी बिरामी अस्पतालले फर्काइदिएको छ। केन्द्रले पर्याप्त मात्रामा ‘अक्सिजेनेटर’ नराख्दा बिरामीको बिचल्ली भएको छ। 

केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बंगलादेशलगायतका देशबाट उपकरण सप्लाइ नहुँदा सेवा प्रभावित भएको बताए। उनले अन्नपूर्णसँग भने, ‘सप्लाइ चेनमा असर पर्दा सामान समयमा आउन सकेन। गंगालाल अस्पताललाई मात्रै होइन, अन्य अस्पताललाई पनि डेलीभरी दिन सकेको छैन। हामीले सामान किनिसकेर हिँडिसकेको अवस्था हो,' उनले भने।

उनले नेपालमा मात्रै नभएर भारतमा पनि सामान सप्लाइ नभएको बताए। अबको केही दिनमै नेपालमा अक्सिजेनेटर आइपुग्ने उनको भनाइ छ।

शल्यक्रिया सेवा बन्द भएपछि अस्पतालमा भर्ना भएका बिरामीहरु उपचार नै नपाइ फर्किन बाध्य छन्। चिकित्सकहरुका अनुसार अक्सिजेनेटर मुटुको शल्यक्रियामा प्रयोग हुने मेसिन हो। मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ। बालबालिकाको लागि प्रयोग हुने अक्सिजेनेटर भने १५० वटा गंगालालसँग मौज्दात रहेको निर्देशक डा. अधिकारीले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं अस्पतालका अध्यक्षसमेत रहेका भवानी खापुङले कोभिड-१९ का कारण मौज्दातमा रहेको अक्सिजेनेटर सकिएको बताए। उनले भने, ‘कोभिड-१९ का कारण संसारभरि ‘अक्सिजेनेटर’ सर्टेज भएको छ। स्टकमा रहेको अक्सिजेनेरटर कोभिडको बेला खपत भयो। यो समस्या मैले हिजो सुनेको हुँ। यसबारे मैले चासो राखेको छु। मन्त्रालयको टिम र विज्ञसँग बसेर समाधानको प्रयास गर्छु।’

त्यस्तै स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले अक्सिजेनेरटरको अभाव शल्यक्रिया सेवा प्रभावित हुनु गम्भीर विषय रहेको भन्दै यसबारे आवश्यक कारबाही सुरु गरिने बताए।

अक्सिजेनेटरबिना मुटुको शल्यक्रिया सम्भव छैन’

मुटु रोग विशेषज्ञ डा. रञ्जित शर्मा अक्सिजेनेटरबिना मुटुको शल्यक्रिया सम्भव नहुने बताउँछन्। उनले अन्नपूर्णसँग भने, ‘मुटुको शल्यक्रियाका लागि कार्डियाक सर्जनहरुले अक्सिजेनेटरको प्रयोग गर्छन्। शल्यक्रिया गर्ने बेला अक्सिजेनेटर अति आवश्यक हुन्छ। मुटुको अप्रेसन गर्दा मुटु पूरै बन्द गरेर बाइपास मेसिन राख्नुपर्छ। मुटुले काम गरिराखेको हुन्छ झ्याप्पै बन्द गर्दिने हो भने त अंगहरुमा रगत जानुपर्‍यो। मुटुको शल्यक्रिया ५-६ घण्टा बन्द गर्‍यो यो भने ब्रेन, किड्नीले कहाँबाट रगत पाउँछ? त्यसको लागि बाइपास मेसिनमा राख्नुपर्छ।’ उनले अक्सिजेनेटरबिना मुटुको शल्यक्रिया सम्भव नहुने बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.