कोरोना संक्रमणदर १० प्रतिशतले बढ्यो, काठमाडौं उपत्यकामा एकै दिन २१६ संक्रमित थपिए

कोरोना संक्रमणदर १० प्रतिशतले बढ्यो, काठमाडौं उपत्यकामा एकै दिन २१६ संक्रमित थपिए

काठमाडौंः देशभर कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण जोखिम कायम नै छ।

बुधबार काठमाडौं उपत्यकामा मात्रै २१६ जना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १८५, ललितपुरमा २२ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १२७० पुगेको छ।

पछिल्लो २४  घन्टामा परीक्षण भएका ३९८१ नमुनामध्ये ३९१ नमुना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५६२ नमूनाको पीसीआर र १४१९ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.