रसुवामा एक वर्षमा करिब ६ हजार सवारी साधनलाई कार्बाही

रसुवामा एक वर्षमा करिब ६ हजार सवारी साधनलाई कार्बाही

रसुवा : रसुवामा गत आर्थिक वर्ष २०७८/७९ मा करिब ६ हजार सवारी साधन कार्बाहीमा परेका छन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार गत वर्षको साउनदेखि असार मसान्तसम्ममा ५ हजार ८२६ साना ठूला सवारीसाधन कारबाहीमा परेका हुन्। 

एक वर्षमा जरिवानाबापत ६२ लाख ३७ हजार ५०० रुपैयाँ राजस्व स‌ंकलन भएको जिल्ला ट्राफिक इन्चार्ज उज्जलकुमार घलेले बताए।

उनका अनुसार सवारी नियम पूर्णरूपमा पालना गराउन ट्राफिक प्रहरीले चालक एवं सवारी धनीलाई सचेत गराउनका साथै  घटनाको प्रकृति अनुसार जरिवाना गरिएको छ। 

पासाङल्हामु मार्गको रसुवा खण्डमा सवारी नियम उलङ्घन गर्ने चालकको सङ्ख्या बढ्दै गएको उनले बताए।

रसुवागढी नाका केन्द्रित अधिकांश सवारी साधनले यातायात कार्यालयको अनुमति निलिने, ब्लुबुकलगायत महत्वपूर्ण कागजाँच साथमा नबोक्ने र इजाजत नपाएका व्यक्तिले समेत सामान्य सिकाइको भरमा कन्टेनर सञ्चालन गर्ने गरेका उनको भनाइ छ। 

गतवर्ष साना ठूला १५ वटा सवारीसाधन दुर्घटना हुँदा २ महिला र २ पुरूष गरी ४ जनाको मृत्यु भएको थियो। 
 
इजाजतविना सवारी सञ्चालन नगर्न, हेलमेट तथा सिटबेल्ट अनिवार्य प्रयोग गर्न, आफ्ना सवारीसाधन समय समयमा जाँच गरेर मात्र सवारी साधन सञ्चालन गर्न उनले आग्ह गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.