पूर्वसांसद तामाङकी श्रीमती सिर्जना जेल चलान

पूर्वसांसद तामाङकी श्रीमती सिर्जना जेल चलान

काठमाडौं : पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य तामाङ जेल चलान भएकी छन्। 

गत मंगलबार रामशाहपथबाट प्रक्राउ परेकी तामाङ शुक्रबार काठमाडौं जिल्ला अदालतको आदेशअनुसार जेल चलान भएकी हुन्। उनलाई भद्रगोलस्थित महिला सेलमा राखिएको छ। 

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष तथा बैंकर, घरजग्गा व्यवसायी इच्छाराज तामाङको कारोबारमा श्रीमती सिर्जनाको पनि संलग्नता देखिएको छ। 

सिभिल सहकारीको लेखा समिति सदस्य समेत रहेकी शाक्यलाई तामाङले अंश दिलाएर अलग गराउन खोजेपनि ठगी मुद्दामा प्रक्राउ गरिएको थियो।

काठमाडौं जिल्ला अदालतमा बिहीबार राति ९ बजेसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश कृपाशुर कार्कीले सहकारीबाट ठगिएको अर्बौं रुपैयाँ रकम लुकाउन शाक्यको पनि संलग्नता देखिएको भन्दै जेल चलानको आदेश दिएका थिए। 

१ हजार ५ सय बढी बचतकर्ताको करिब ६ अर्ब रकम ठगी गरेको उजुरी परेपछि २०७८ असोज १५ मा इच्छाराज तामाङ पक्राउ परेका थिए। 

तामाङले सिभिल सहकारीबाट बिना धितो लगेको अर्बौं रुपैयाँ सम्पति लुकाउन २०७४ सालमा श्रीमती सिर्जना र दुई छोरीहरूलाई अंशबण्डा गरेको अनुसन्धानमा खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.