कोरोना संक्रमण बढ्यो, सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण बढ्यो, सावधानी अपनाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भीडभाड नगर्न र सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भीडभाड हुने स्थानमा अनिवार्य मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरेका छन्।

सबै सरकारी, गैरसरकारी कार्यालय तथा मानिसको भीडभाड हुने स्थानमा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न र प्रवेशद्वारमा सेनिटाइजरको व्यवस्था गर्न आग्रह गरिएको छ। 

त्यस्तै विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क अनिवार्य प्रयोग गर्न र सेनिटाइजरको व्यवस्था गर्न, गोष्ठी, सेमिनार, बैठकजस्ता भीडभाड हुने कार्यक्रममा मास्कको प्रयोगलाई अनिवार्य गर्ने र सेनिटाइजरको व्यवस्था मिलाउन आग्रह गरिएको छ।

त्यस्तै विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भीडभाड हुने प्रकृतिको व्यावसायिक तथा मनोरञ्जनस्थल, रङ्गशाला आदिजस्ता सार्वजनिकस्थलमा मास्कको अनिवार्य प्रयोग गर्न, स्वास्थ्य संस्थाले सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक व्यवस्थापन गर्न गराउन आग्रह गरिएको छ।

त्यस्तै कोभिड-१९ विरुद्धको खोप कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्न निर्देशन दिँदै खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकामा निगरानी थप बलियो र प्रभावकारी बनाउन, भीडभाड हुने स्थानमा कोभिड-१९ नमूना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा कोभिडको अवस्थालाई थप विश्लेषण गर्दै प्रभावकारी कदम चाल्न अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.